श्रीभूमि (असम), 8 जून (हि.स.)। रामकृष्णनगर क्षेत्रको फानाई चिया बगान क्षेत्रमा एक हृदयविदारक घटना घटेको छ जहाँ रूख ढलेर तीन वर्ष आठ महिनाको बालकको पीड़ादायी मृत्यु भयो। मृतक बालकको नाम सार्थक क्यारी अनि पिताको नाम स्वप्न क्यारी रहेको बताइएको छ।
जानकारी अनुसार घटना घट्दा आमा र छोरा सार्थकले हात-खुट्टा धोइरहेका थिए। अचानक छेवैमा रहेको सजनाको रूख ढल्यो। रूखको एउटा ठूलो हाँगा सोझै बालकमाथि झरेर बालक अचेत भयो। हतार-हतार बालकलाई अस्पतालमा पुऱ्याइयो, तर अस्पताल पुग्दासम्ममा धेरै ढिलो भइसकेको थियो। डाक्टरहरूले बालकलाई मृत घोषित गरिदिए। यो खबर फैलिनसाथ क्षेत्रमा शोक व्याप्त भयो। छिमेकी अनि स्थानीयहरू गहिरो शोकमा डुबेका छन्। छिमेकीहरूले परिवारप्रति संवेदना प्रकट गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा