गोरामुमो मुण्डाकोठी शाखाका प्रतिनिधिहरूलाई लिएर सांगठनिक सभा सम्पन्न
गोरामुमो मुण्डाकोठी शाखाका प्रतिनिधिहरूलाई लिएर सांगठनिक सभा सम्पन्न


खरसाङ, 08 जून (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांगठनिक विस्तारलाई तीव्रता दिॅंदै शाखा प्रशाखाहरुमा सभाहरुको आयोजना गरिरहेको जानकारी प्राप्त भएको छ। यसै क्रममा रंगबुल धोतरिया रंगबुक समष्टि अन्तर्गत निम्न सोनादा मुण्डाकोठी शाखाका प्रतिनिधिहरूलाई लिएर सांगठनिक सभाको आयोजना गरियो। शाखा अध्यक्ष टीआर प्रधानको अध्यक्षतामा सम्पन्न भएको सभामा विगतको दिनमा दिल्लीमा सम्पन्न भएको वार्तालाई मध्य नजर गर्दै व्यापक छलफल गरियो।

सभामा वक्ताहरूले भने, पार्टी अध्यक्ष मन घिसिङले अब मैले ठूलो भारी बिसाएर आएको छु भनी दिएको वक्तव्यले एउटा राम्रो संकेत पाएका छौं। अब हामी सबै एक भएर जनतामाझ घर दैलो अभियान गरी जनाउनु पर्छ। अब विगतका दिनहरुमा जस्तो गल्ती दोहोऱ्याउन दिनु हुँदैन। अब हामी पनि अध्यक्ष मन घिसिङसॅंग काँधमा कॉंध मिलाएर हिड्नेछौं। गोर्खाहरुको भाग्य बिगार्न दिइने छैनौं। यसको निम्ति शाखामा हामी जनसम्पर्क अभियान चलाएर जनतालाई जागरुक गराउने छौं।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande