खरसाङ, 08 जून (हि.स.)। तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायतको शिवखोला निवासी प्रकाश राईको नयाँ घरको उद्घाटन गरिएको छ। उक्त घर जीटीए प्रमुख कार्यपाल अनित थापाको सहयोगमा निर्माण गरिएको हो।
स्थानीय शिवखोला एक गाउँ निवासी प्रकाश राईको घर एकदमै जीर्णावस्थामा रहेको थियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको पहलमा र अनित थापाको सहयोगमा लाभार्थी राईको निम्ति नयॉं घर निर्माण गरिएको छ। नयाँ घरको उद्घाटन आज शिवखोला ग्राम पञ्चायतका पञ्चायत प्रधान मोहनकुमार प्रधानको बाहुलीबाट गरियो।
नयाँ घरको उद्घाटन कार्यक्रममा सभासद एवं तीनधारे महानदी समष्टिका पर्यवेक्षक प्रमाण रसाईली, क्षेत्रीय सभासद नवराज छेत्री, पञ्चायत समिति सदस्य अनिरा तामाङ, पञ्चायत सदस्यहरु, भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, युवा शक्ति केन्द्रिय उप सभापति निरेन लामा, युवा शक्ति तीनधारे महानदी समष्टिका सभापति केवल राई लगायत अन्यहरु उपस्थित रहेका थिए।
नयाँ घर निर्माण गरिदिएकोमा प्रकाश राईले जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। नयाँ घरको उद्घाटन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति राजु लामाले शिवखोला निवासी प्रकाश राईको एकदमै जीर्णावस्थामा पुगेको घरको निर्माण भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पार्टी अध्यक्ष अनित थापाको सहयोगमा गरेको बताए।
हिन्दुस्थान समाचार / हनोक