सिलगढ़ी, 08 जून (हि.स.)। भक्तिनगर थानाको पुलिसले आइतवार महानन्दा नदीको किनारबाट एकजना व्यक्तिको शव उद्धार गऱ्यो। मृतकको पहिचान सिलगढ़ी नगरनिगमको भानु नगर क्षेत्र निवासी अजय राई (45)-को रूपमा भएको छ। अजयको मृत्युको खबर सुन्नसाथ परिवारमा शोक व्याप्त भएको छ।
मृतकका छोरा गगन राईले बताए, उनीहरूको पिता स्कूल बस चालक थिए। सदा जस्तै गए राती पनि तिनी घरबाट घुम्नका लागि हिँड़ेका थिए। तर अबेर रातीसम्म पनि घरमा फर्केनन्। हरसम्भव उनलाई खोजियो, तर कुनै पत्तो लागेन। उनीहरूलाई लाग्यो, बिहान भएपछि उनीहरूको पिता घरमा फर्केर आउनेछन्। तर बिहान पुलिसले पिताको मृत्युको सूचना दियो।
पुलिसले घटनाको जाँचकार्य शुरू गरेको छ। पुलिसले शवलाई कब्जामा लिएर जिल्ला अस्पताल पठाइदियो जहाँबाट पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा