गान्तोक, 07 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिलगढीको स्थानीय एक निजी अस्पतालमा उपचाराधिन सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादसॅंग भेट गरेर उनको स्वास्थ्यको बारेमा जानकारी लिएका छन्। पूर्व राज्यपाल प्रसाद विगत केही दिनदेखि अस्पतालमा उपचाराधिन छन्।
भ्रमणको क्रममा मुख्यमन्त्रीले पूर्व राज्यपालको स्वास्थ्यमा सुधार आइरहेकोमा राहत एवं खुशी व्यक्त गरे। पूर्व राज्यपालमाथि उपचारको राम्रो असर भइरहेको र चॉंडै अस्पतालबाट छुट्टी पाएर घर फर्किने छन् भनी मुख्यमन्त्रीले आशा व्यक्त गरेका छन्।
उनले सिक्किमका जनताको तर्फबाट पूर्व राज्यपालको सुस्वास्थ्य र शीघ्र स्वास्थ्यलाभको निम्ति शुभेच्छा व्यक्त गरेका छन्। उनले आगामी दिनहरूमा पूर्व राज्यपालको शक्ति र कल्याणको लागि पनि प्रार्थना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल