एक महिनामैै भत्कियो ढलाई गरिएको सड़क, मानिसहरूमा रोष व्याप्त
एक महिनामैै भत्कियो ढलाई गरिएको सड़क, मानिसहरूमा रोष व्याप्त


मालदह, 8 जून (हि. स.)। भूतनीको दक्षिण चण्डीपुरमा एक महिना अगाड़ि मात्र ढलाई गरिएको सड़कलाई केही दिनको वर्षाले नै भत्काइदियो। त्यसैले सड़कमा लगातार दुर्घटनाहरू भइरहेका छन्। स्थानीय मानिसहरूले सड़क बनाउँदा निम्न स्तरको सामग्री उपयोग गरिएको आरोप लगाउँदै पञ्चायत अधिकारीहरू विरूद्ध रोष व्यक्त गरेका छन्।

अर्कोतिर पञ्चायत प्रधानले दाबी गरेका छन्, पोखरीको किनारमा रेलिंग नभएको कारणले यो समस्या उत्पन्न भएको हो। मानिकचकको हीरानन्दपुर प़्चायतको सनातन टोला गाउँमा रसमेला संलग्न क्षेत्रमा सय मीटर लामो सड़कको अवस्था जर्जर भएको थियो। एक महिना अगाड़ि हीरानन्दपुर पञ्चायतले दुई लाख रुपियाँको लागतमा 50 मीटर लामो सड़कको ढलाई गरेको थियो। त्यसबेला स्थानीय मानिसहरूले निर्माण सामग्रीको गुणस्तर र मानदण्डलाई लिएर प्रश्न उठाएका थिए। यसबीच केही दिन अगाड़ि भएको वर्षाले सड़क भत्कियो।

स्थानीय निवासी मलय कुमार मण्डलले बताए, सड़क निर्माण कार्यमा निम्न गुणस्तरको सामग्री उपयोग गरिएको थियो। त्यसैले सड़क भत्कियो। ठेकादारले 6 इञ्चको स्थानमा 3 इञ्चको ढलाई गरेको कारणले हाल सड़क वाहनहरू गुड़ाउने अवस्थामा छैन। हामी पैदल हिड़ेरै जानुपर्छ। हामी चाहन्छौं सड़कको चाँड़ै मरम्मत होस्।

अर्कोतिर सड़कको निर्माणमा निम्न गुणस्तरीय सामग्रीहरू प्रयोग गरिएको घटनालाई सम्बन्धित पक्षले अस्वीकार गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande