श्रीबदामको लबिङ गर्ल्स चिल्ड्रेन होममा स्वास्थ्य एवं कल्याण कार्यक्रम सम्पन्न
श्रीबदामको लबिङ गर्ल्स चिल्ड्रेन होममा स्वास्थ्य एवं कल्याण कार्यक्रम सम्पन्न


सोरेङ, 08 जून (हि.स.)। सोरेङ प्राथमिक स्वास्थ्य केन्द्रको आयुष प्रभागले राष्ट्रिय आयुष अभियान अन्तर्गत आज एकदिवसीय स्वास्थ्य एवं कल्याण कार्यक्रम आयोजन गऱ्यो। श्रीबदामको लबिङ गर्ल्स चिल्ड्रेन होममा आयोजित कार्यक्रम आगामी 11औं अन्तरराष्ट्रिय योग दिवसलाई ध्यानमा राख्दै आयोजना गरिएको हो।

कार्यक्रममा आयुष चिकित्या अधिकारी डा. रोष्मा थापाको अगुवाईमा आयोजित कार्यक्रममा चिकित्सकहरूको टोलीले स्वास्थ्य जॉंच गरे। यस अन्तर्गत रक्तअल्पता, आंखा र दॉंत आदि जॉंच गरियो। लाभार्थी नानीहरूलाई आयुर्वेद र होमियोपेथीको रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिहरू र अन्य औषधिहरू पनि प्रदान गरियो।

यसैगरी, योग समावेश अन्तर्गत एक अन्तरक्रियात्मक सत्र पनि सम्पन्न गरियो। यस कार्यक्रममा योग प्रदर्शन र समूह सत्र सम्पन्न गरिएको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande