गान्तोक, 08 जून (हि.स.)। विद्या भारती सिक्किम कार्यालयमा आज हापुड, उत्तर प्रदेशमा अध्ययनरत सबै बालिका र उनीहरूका अभिभावकहरूसॅंग एक समन्वय बैठक आयोजन गरियो। सरस्वती वन्दनापछि शुभारम्भ भएको बैठकमा विद्या भारतीको कार्य, उद्देश्य, छात्रावासको व्यवस्थापन, शिक्षाको गुणस्तर, विभिन्न गतिविधिहरू, संस्कार, कौशलात्मक विषयहरूमाथि चर्चा भयो। बैठकमा अरुण उदय स्मारिका, प्रथम अङ्कको विमोचनको बारेमा पनि जानकारी गराइयो।
हापुडमा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूले विद्यालय र छात्रावासप्रति सन्तोष व्यक्त गर्दै आभार व्यक्त गरे। प्रान्त महामन्त्री विजय कुमार शर्मा, संयोजक मोहन शर्मा, सह मन्त्री अजित लिम्बू, जनजाति एवं सेवा क्षेत्रकी शिक्षा प्रान्त प्रमुख कृष्ण कुमारी लिम्बूले बैठकमा मार्गदर्शन प्रदान गर्दै सुझाउहरू राखेका थिए।
बैठकमा सह मन्त्री अजित लिम्बूले आगामी बोर्ड परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पॉंच हजार रूपियॉं पुरस्कार प्रदान गर्ने घोषणा गरेको बताइएको छ।
जानकारी अनुसार, 2011 देखि 2025 सम्म विद्या भारती सिक्किम प्रान्तले 25 जना बालिकालाई हापुडमा शिक्षा आर्जनको निम्ति पठाएको छ। हापुडमा विद्या भारतीद्वारा सञ्चालित उक्त विद्यालय देशकै एक प्रतिष्ठित शैक्षिक केन्द्र हो। यहॉं सामान्य खर्चमा संस्कारयुक्त गुणात्मक शिक्षा प्रदान गरिन्छ।
हिन्दुस्थान समाचार / बिशाल