नयाँ दिल्ली, 09 जून (हि.स.)। भारतका मुख्य चुनाउ आयुक्त (सीईसी) ज्ञानेश कुमारले स्वीडनमा आयोजित हुने इन्टरनेशनल आईडीईए स्टकहोम कन्फ्रेन्स अन इलेक्टोरल इन्टीग्रिटीमा मुख्य भाषण दिनेछन्। यस सम्मेलनको आयोजन 10-12 जूनमा गरिँदैछ। यस अगाड़ी सीईसीले स्वीडनमा भारतीय प्रवासीहरूलाई भेटे।
चुनाउ आयोगले सोमवार एक बयानमा भनेको छ, सीईसी ज्ञानेश कुमारले भारतीय प्रवासीहरूलाई भेटेर चुनाउ आयोगका विभिन्न पहलहरू र कार्यक्रमहरूमाथि चर्चा गरे। उनले अनलाइन भोट रजिस्ट्रेशन सिस्टम र इलेक्ट्रोनिक ट्रान्समिशन अफ पोस्टल बेलेट मेनेजमेन्ट सिस्टम (ईटीपीबीएमएस) जस्ता पहलहरूलाई उजागर गरे, जसलाई प्रवासी मतदाताहरूको भागीदारी बढ़ाउनका लागि डिजाइन गरिएको छ।
स्टकहोम सम्मेलनमा विश्वभरिका चुनाउ प्रबन्धन निकायहरूका प्रमुख, नीति निर्माता र संस्थागत नेता एकत्र हुनेछन्। यस सम्मेलनमा डिजिटल व्यवधान, चुनाउ सुरक्षा, जलवायु सम्बन्धी जोखिम र चुनाउहरूमा आर्टिफिशियल इन्टेलिजेन्सको भूमिका जस्ता विषयहरूमाथि चर्चा गरिनेछ।
सीईसी ज्ञानेश कुमारको यस यात्राले भारतको वैश्विक लोकतान्त्रिक सहयोग र चुनाउ प्रबन्धनमा सर्वोत्तम प्रथाहरूको आदान-प्रदानको प्रतिबद्धताले अझ् बल पाउनेछ। यस सम्मेलनमा 50 भन्दा अधिक देशका 100 भन्दा धेरै प्रतिभागीले भाग लिइरहेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी