इतिहास संकलन योजनाले देशव्यापी रूपमा जिल्ला स्तरमा युवा इतिहासकारहरूको टीम बनाउने
अखिल भारतीय इतिहास संकलन योजनाको पत्रकार सम्मेलन।


नयाँ दिल्ली, 09 जून (हि.स.)। अखिल भारतीय इतिहास संकलन योजनाले देशव्यापी रूपमा जिल्ला स्तरमा युवा इतिहासकारहरूको टीमको गठन गर्नेछ। राष्ट्रिय स्वयंसेवक संघको झण्डेवाला स्थित कार्यालय केशव कुंज परिसरमा आय़ोजित एक दिवसीय युवा इतिहासकार परिषदको राष्ट्रिय कार्यशालामा यो निर्णय लिइयो।

कार्यशालाको आय़ोजन अ.भा. इतिहास संकलन योजना र माधव संस्कृति न्यासको संयुक्त तत्वावधानमा गरियो। कार्यशालामा अखिल भारतीय इतिहास संकलन योजनाका राष्ट्रिय संगठन मन्त्री डा. बालमुकुन्द पाण्डेय र सह संगठन मन्त्री संजय मिश्र 'श्रीहर्ष' समेत धेरै प्रमुख पदाधिकारीहरू उपस्थित रहे।

अ.भा. इतिहास संकलन योजनाका राष्ट्रिय सचिव एवं इतिहासकार परिषदका संरक्षक डा. रत्नेश कुमार त्रिपाठीले सोमवार हिन्दुस्थान समाचारलाई बताए, चार सत्रहरूमा विभाजित यस कार्यशालामा देशका 20 प्रान्तबाट आएका प्रमुख पदाधिकारीहरूले आफ्नो विचार पोखे। क्षेत्रीय संगठन सचिव (उत्तर-पूर्व) एवं युवा इतिहासकार परिषदका सह-संरक्षक डा. सुरेश पाण्डेयले कार्यशालाको उद्देश्यमाथि प्रकाश पारे।

डा. त्रिपाठीले भने, कार्यशालामा इतिहास संकलन योजनाको 10 प्रकल्पहरू सहित अन्य विषयहरूमाथि विचार-विमर्श भयो तथा वरिष्ठ पदाधिकारीहरूले सबैको मार्गदर्शन गरे। साथै कार्यको संचालनको निम्ति 10 विषयमाथि केन्द्रित विशेष टीमहरूको गठन गरियो। प्रत्येक प्रान्तमा जिल्ला युवा इतिहासकार प्रमुखको सहयोगले स्थानीय स्तरमा पनि टीमको गठन गरिने निर्णय लिइयो।

कार्यशालामा युवा इतिहासकार परिषदको केन्द्रिय टोलीका डा. विकास सिंह, सुरेश मीणा, रक्तिम पातर, राष्ट्रिय महासचिव हेमन्त धिंग मजुमदार, जनजातिय आयामका प्रमुख प्रो. शिव कुमार मिश्र, सह-विद्वत प्रमुख प्रो. धरम चन्द चौबे, आमन्त्रित सदस्य डा. निर्मल पाण्डेय सहित देशभरिका 20 प्रान्तबाट युवा इतिहासकार प्रमुख र कार्यकर्ताहरूले हिस्सा लिए।

इतिहास संकलन समिति उत्तर-बिहारको तर्फबाट प्रान्त युवा इतिहासकार प्रमुख डा. रितेश्वर नाथ तिवारीले हिस्सा लिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande