छत्तीसगढ़को सुकमामा आईईडी विस्फोटमा एएसपी आकाश राव बलिदान
राव


रायपुर, 09 जून (हि.स.)। छत्तीसगढ़को सुकमा जिल्लामा पुलिसकर्मीको एक टीम नक्सलीहरूद्वारा लगाइएको आईईडीको चपेटमा पऱ्यो। यस आईईडी ब्लास्टमा सुकमा जिल्लाको कोन्टा डिवीजनका अतिरिक्त पुलिस अधीक्षक (एएसपी) आकाश राव गिर पून्जे (42) बलिदान भए।

सुकमा पुलिस अधीक्षक कार्यालयको तर्फबाट सोमवार जानकारी गराइयो, कोन्टा डिवीजनका अतिरिक्त पुलिस अधीक्षक आकाश राव गिर पून्जे अन्य पुलिस कर्मीहरूको साथ क्षेत्रमा नक्सलीहरूद्वारा वाहन जलाइएको घटनाको जाँचको निम्ति पैदल पेट्रोलिङमा थिए। सर्च अपरेशनमा सोमवार बिहान कोन्टा-एर्राबोरा मार्गमा डोन्ड्रा नजिक आईईडी विस्फोट भयो।

विस्फोटको चपेटमा परेर एएसपी आकाश राव, अनुविभागीय पुलिस अधिकारी भानुप्रताप चन्द्राकर एवं कोन्टा थाना प्रभारी सोनल गवला घाइते भए। सबैलाई कोन्टा अस्पताल लगियो, जहाँ उपचारमा एएसपी आकाश रावको मृत्यु भयो। अन्य घाइते अधिकारी भानुप्रताप चन्द्राकर र सोनल गवला अहिले खतरादेखि बाहिर बताइएका छन्। कार्यालयको तर्फबाट भनियो, एएसपीको पार्थिव शरीरलाई रायपुर लगिँदैछ। छत्तीसगढ़ शासन, पुलिस मुख्यालय, समस्त नागरिक एवं पुलिस परिवार यस शोकको क्षणमा बलिदानी आकाश राव गिर पून्जेको परिवारसंग दृढ़ताको साथ खड़ा छ।

घटनामा प्रदेशका मुख्यमन्त्री विष्णु देव सायले शोक व्यक्त गरेका छन्। उनले सोशल मीडिया एक्समा पोस्टमा भनेका छन्, सुकमा जिल्लाको कोन्टामा नक्सलीहरूद्वारा गरिएको आईईडी विस्फोटमा एएसपी आकाश राव गिर पन्जे शहीद भएको सूचना प्राप्त भएको छ। यो अत्यन्तै दुःखद हो। म उनको बलिदानलाई नमन गर्दछु। यस कातरपूर्ण हमलामा अन्य केही अधिकारीहरू र जवानहरू पनि घाइते भएको खबर छ। अधिकारीहरूलाई घाइतेहरूको समुचित उपचारको निर्देश दिइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande