नयॉं दिल्ली, 09 जून (हि.स.)। देशमा द्रुत गतिमा फैलिरहेको कोरोनाले चिन्ता बढाएको छ। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय सतर्क भएको छ। मन्त्रालय अनुसार, आज बिहान 8 बजीसम्म कोरोनाको सक्रिय मालिमाको संख्या 6133 पुगेको छ। गत 24 घण्टामा देशमा 379 नयॉं मामिला अघि आएको छ भने 6 जनाको मृत्यु भयो। मृतकहरूमा दुई कर्नाटक, तीन केरल र एक तमिलनाडुका व्यक्ति सामेल छन्।
केरलमा सक्रिय मामिलाको संख्या सबैभन्दा धेरै 1950 र गुजरातमा 822 भन्दा धेरै मामिला रिपोर्ट गरिएको छ। राष्ट्रिय राजधानीमा 686 मामिला रिपोर्ट गरिएको छ। यसको कारण कोरोनाको भेरियन्ट एनबी.1.8.1 र एलएफ.7 बताइएको छ। जेएन.1 अझै पनि प्रमुख स्ट्रेन बनेको छ।
स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई शान्त रहन र भीड़भाड़ हुने ठाउॅंमा स्वच्छता सुनिश्चित गर्न सुझाउ दिएको छ। पहिलेदेखि बिमार वयस्कहरूमाथि भाइरसको खतरा धेरै हुन सक्ने बताइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी