मुम्बई, 09 जून (हि.स.)। ठाणे जिल्लामा कोपर र दिवा स्टेशनबीच सोमवार बिहान लोकल ट्रेनबाट झरेर छह जना यात्रीको मृत्यु भएको छ। यस दुर्घटनामा अन्य सात यात्री घाइते भएका छन्, यी सबैलाई कलवा स्थित सरकारी अस्पतालमा भर्ती गराइएको छ।
मध्य रेलवेका मुख्य जनसम्पर्क अधिकारी नील स्वप्रिलले भने, आज बिहान विपरीत दिशामा गइरहेका दुई लोकल ट्रेनहरूको फुटबोर्डमा बसेका यात्रीहरू आपस्तमा ठोकेर रेलको लीक नजिक लड़े। यस घटनामा आठ जनालाई कोपर र दिवाबीच रेलवे लीकबाट उठाएर अस्पताल पुऱ्याइयो, जबकि गार्डले पाँच घाइते यात्रीलाई जीआरपीलाई सुम्प्यो। कलवा सरकारी अस्पतालमा यी सबैको उपचार भइऱहेको छ।
मुंब्राका स्टेशन मास्टरले पत्रकारहरूलाई बताए, रेलवे लीकमा झर्दा तीन जनाको मृत्यु भएको थियो, जबकि पाँचलाई अस्पताल पुऱ्याइएको छ। अस्पताल सूत्रहरू अनुसार, यस घटनामा खबर लेखिञ्जेलसम्म छह जनाको मृत्यु भएको छ र सात जनाको उपचार जारी छ।
मुख्यमन्त्री देवेन्द्र फडणवीसले यस घटनामा गहिरो शोक व्यक्त गरेका छन्। मुख्यमन्त्रीले भनेका छन्, यस घटनाको छानबीन रेलवे प्रशासनको तर्फबाट गरिनेछ। खबर लेखिञ्जेलसम्म मृतकहरूमध्ये जीआरपी पुलिस कर्मी विकी बाबासाहेब मुख्यादलको पहिचान गरिएको छ, अन्य पाँच मृतकहरूको पहिचान गरिन प्रयास जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी