वाशिङ्गटन, 10 जुलाई (हि.स.)। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फिलीपीन्स सहित थप छह देशमा भारी आयात शुल्क लगाउने घोषणा गरेका छन्। बुधवार यी देशहरूका नेताहरूलाई पठाइएको औपचारिक पत्रहरूमा ट्रम्पले भने, 01 अगस्तदेखि लागू हुने यी टेरिफमा लीबिया, इराक र अल्जीरियाबाट आउने आयातमा 30%, मोल्दोवा र ब्रुनेईमाथि 25% र फिलीपीन्समाथि 20% को शुल्क लगाइनेछ।
यस कदमको साथ यस हप्ता टेरिफको नयाँ दरहरूले प्रभावित हुने देशहरूको संख्या 20 पुगेको छ। य़सअघि ट्रम्प प्रशासनले कम्बोडिया, थाईल्याण्ड, बांग्लादेश, इण्डोनेशिया, जापान र दक्षिण कोरिया सहित धेरै देशहरूमाथि पनि शुल्क बढ़ाउने घोषणा गरेको थियो।
ट्रम्पले एक क्याबिनेट बैठकमा स्पष्ट गरे कि 01 अगस्तको समयसीमा अन्तिम हो र यी टेरिफलाई लिएर थप छलफलको सम्भावना छैन। यद्यपि, उनले यो पनि भने कि यदि कुनै देशले छलफल गर्न चाहन्छ भने उसले 01 अगस्त अगाड़ी समझौता गर्नसक्छ। साथै ट्रम्पले आफ्नो चिट्ठीमा चेताउनी पनि दिए कि अन्य देशले जति आफ्नो टेरिफ बढ़ाउनेछ उति नै हामी आफ्नो शुल्कमा जोड दिनेछौं।
उल्लेख्य, यस वर्ष अप्रेल महिनामा ट्रम्प प्रशासनले तथाकथित रिसिप्रोकल टेरिफ (प्रतिस्पर्धी शुल्क) को घोषणा गरेको थियो, जसलाई 90 दिनको निम्ति स्थगित गरिएको थियो। 07 जुलाईमा हस्ताक्षरित कार्यकारी आदेश अनुसार, अब यसलाई 01 अगस्तदेखि लागू गरिनेछ, ती देशहरू बाहेक जसले अमेरिकाको साथ सोझो व्यापारिक समझौता गरेका छन्। अहिलेसम्म अमेरिकाले यूनाइटेड किङडम र वियतनामको साथ व्यापार समझौता र चीनको साथ एक रूपरेखा समझौता गरेको छ, जसबाट यी देशहरूलाई अहिलेको लागि टेरिफमा राहत दिइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी