विदेश मन्त्रालयका सचिव (पूर्व) पी कुमारनले प्रधानमन्त्री नरेन्द्र मोदीको ब्राजीलको यात्रामा पत्रकारहरूलाई बताए, प्रतिनिधिमण्डल स्तरको वार्तापछि सहमति पत्रहरू र सम्झौताहरूको आदान प्रदान भयो। ब्राजीलका राष्ट्रपति र प्रधानमन्त्री मोदी समक्ष तीन सम्झौतामा हस्ताक्षर भयो र यसको आदान प्रदान गरियो। यी सम्झौताहरूमा अन्तरराष्ट्रिय आतंकवाद र अन्तरराष्ट्रिय संगठित अपराधसॅंग लड्न सहयोग, डिजिटल परिवर्तनको निम्ति डिजिटल समाधानहरूको आदान प्रदानको निम्ति सहयोगमा सहमति, अक्षय उर्जामा सहयोगमा समति सामेल छन्। ब्रासीलियाको अलवोराडा प्यालेसमा मंगलवार (स्थानीय समय) प्रधानमन्त्री मोदीले ब्राजीलका राष्ट्रपति लुइज इनासियो लूला दा सिल्वासॅंग प्रतिनिधिमण्डल स्तरको वार्ता गरे।
प्रधानमन्त्री मोदीको अफ्रीकी देश नामीडियाको भ्रमण विशेष छ। नामीबियाको राजधानी विंडहोकमा उपस्थित उच्चायुक्त रहुल श्रीवास्तव अनुसार, प्रधानमन्त्री मोदीको नामीबिया यात्रापछि प्रोजेक्ट चीता 2 शुरू हुन सक्छ। यस अतिरिक्त, भारतको नामीबियामा पाइने क्रिटिकल मिनरल्समा निकै रुची छ। भारतले नामीबियाबाट यूरेनियमको निर्यातको सम्भावनामा पनि विचार चलिरहेको छ। नामीबिया पनि भारतबाट केही रक्षा उपकरणहरू खरीद गर्न चाहन्छ। नामीबियामा प्रधानमन्त्री मोदीको राष्ट्रपतिसॅंग प्रतिनिधिमण्डल स्तरको वार्ता हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी