बांग्लादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसीनाका करीबी अर्थशास्त्री अबुल बरकत पक्राउ
बरकत


ढाका, 11 जुलाई (हि.स.)। बांग्लादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसीनाका अझ् एक निकटतममाथि अन्तरिम सरकारले कारबाही गरेको छ। देशका प्रमुख अर्थशास्त्री एवं जनता ब्याङ्कका पूर्व अध्यक्ष प्रो. अबुल बरकतलाई बिहिवार अबेर राति ढाका पुलिसले पक्राउ गऱ्यो। एनोनटेक्स समूहसित सम्बन्धित 297 करोड़ टाकाको हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

ढाका ट्रिब्यून समाचार पत्रको आज बिहान प्रसारित खबर अनुसार, संयुक्त आय़ुक्त नसीरूल इस्लामले यसको पुष्टि गरेका छन्। उनले भने, ढाका मेट्रोपोलिटन डिटेक्टिव ब्राञ्चले बिहिवार राति लगभग 11.30 बजी धनमन्डी-2 बाट बरकतलाई हिरासतमा लियो। भ्रष्टाचार निरोधक आयोगले 20 फरवरीमा बरकत र अन्य 22 जना विरूद्ध एनोनटेक्स समूह अन्तर्गत 22 संस्थालाई कथित रूपमा अवैध ऋण दिएको मामिला दर्ता गरेको थियो।

आरोप लगाइएको छ कि बरकतले बांग्लादेश ब्याङ्कका पूर्व गवर्नर अतीउर रहमान र अन्यको साथ मिलेर धनराशि वितरित गर्न जाली दस्तावेजहरूमा मिलीभगत गरे। आयोगको दाबी छ कि यसबाट सार्वजनिक कोषलाई भारी नोकसान भयो। प्रो. बरकत ढाका विश्वविद्यालयमा अर्थशास्त्र विभागका अध्यक्ष एवं बांग्लादेश अर्थशास्त्र संघका अध्यक्ष रहिसकेका छन्। अवामी लीग सरकारले उनलाई जनता ब्याङ्कको अध्यक्ष पदमा मनोनीत गरेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande