खरसाङ, 12 जुलाई (हि.स.)। तीनधारे वरिष्ठ नागारिक कल्याण संगठनको आयोजनामा सिनियर सिटिजन कप तीनधारे महानदी समष्टिस्तरीय क्यारम बोर्ड प्रतियोगिता-2025 तीनधारेमा संगठनकै निजी भवनमा शुरू भएको छ। यस प्रतियोगिताको युगल वर्गको निम्ति स्व ललिता गुरूङ स्मारक ट्रफी जेबी गुरूङले अनि एकल वर्गको निम्ति स्व दुर्गा प्रसाद मोक्तान स्मारक ट्रफी गौतम मोक्तानले प्रायोजन गरेका छन्। अन्य ट्रफीहरू संगठनकै सदस्यहरूले प्रायोजन गरेका छन्।
यस समष्टिस्तरीय क्यारम प्रतियोगिताको प्रथम दिनको एकल वर्गको खेल बिमल दर्जी अनि वाणीबिलास सिंहमाझ सम्पन्न भयो। यो खेल एकदमै रोमाञ्चक रह्यो, जसमा बिमल दर्जी बिजय भएका छन्। प्रतियोगिताका निर्णायकहरूमा किशोर सुन्दास र महेन्द्र तामाङ रहेका छन्।
आगामी 15 अगस्ट स्वतन्त्रता दिवसको दिन एकल अनि युगल दुवै वर्गको फाइनल खेलको आयोजना गरिने जानकारी वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेका सचिव सुरेशचन्द्र दर्नालले दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक