गान्तोक, 23 जून (हि.स.)। राजधानी नजिक रेशीथाङस्थित खेलो इण्डिया स्टेट सेन्टर फर् एक्सिलेन्समा अन्तरराष्ट्रिय ओलम्पिक दिवस पालन गरियो। कार्यक्रमको आयोजना खेलकुद एवं युवा मामिला विभागले खेलो इण्डिया स्टेट सेन्टर फर् एक्सिलेन्स गान्तोक जिल्ला अन्तर्गत खण्ड प्रशासनिक केन्द्रहरूले गरेको थियो।
यस अवसरमा खेलकुद एवम युवा मामिला विभागकी सचिव याङछेन डी. तामाङ, सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारी लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। सचिव याङछेन डी. तामाङले खेलकुदको मूल्य र ओलम्पिक कार्यक्रमहरूमा सक्रिय सहभागिताको महत्त्वमाथि प्रकाश पारिन्।
यस अवसरमा विभिन्न खेल प्रतियोगिताहरूको आयोजना गरियो, जसमा मुख्यमन्त्री वान माइल रन, रेस वकिङ सामेल थियो भने धनुर्विद्या र बक्सिङ प्रदर्शनी पनि सम्पन्न गरियो।
हिन्दुस्थान समाचार / प्रदीप