भानुभक्त आचार्यको सालिग अनावरण
भानुभक्त आचार्यको सालिग अनावरण


सिलगुढ़ी, 13 जुलाई (हि. स.)। भानु जयन्ती, नेपाली आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा मनाइने एक विशेष दिन हो जसलाई व्यापक रूपमा मनाइन्छ। आदिकवि भानुभक्त महाकाव्य रामायणलाई पहिलो पटक नेपाली सरल भाषामा अनुवाद गरेकोमा प्रसिद्ध छन्। 13 जुलाई, आइतवार बड़ो धुमधामसितले भानु जयन्ती मनाइयो।

'आदिकवि'- को नामले प्रसिद्ध कवि भानुलाई नेपाली भाषाको आधारशिला राखेकोमा स्मरण गरिन्छ। यो दिवस भारत लगायत विश्वभरिकै नेपाली समुदायद्वारा मनाइन्छ। यस अवसरमा आज नेपाली बस्ती फाराबाड़ीमा भानुभक्तको सालिग अनावरण गरियो। राजगञ्जका विधायक खगेश्वर रायले प्रतिमा अनावरण गरे।

कार्यक्रममा जिल्ला परिषद सदस्य रणबीर मजुमदार, राजगञ्ज पञ्चायत समितिकी अध्यक्ष रूपाली दे सरकार, ब्लक तृणमूल कंग्रेस अध्यक्ष अरिन्दम ब्यानर्जी आदि उपस्थित थिए। यस अवधि विधायक खगेश्वर रायले भने, स्थानीय मानिसहरूको दीर्घकालीक माग आज पूरा भएको छ। जलपाईगुड़ी जिल्ला परिषदको पहलमा भानुभक्त आचार्यको प्रतिमाको माग पूरा भएको छ। आगामी दिनमा यस क्षेत्रको समुचित विकास गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande