उत्तर दिनाजपुर, 13 जुलाई (हि. स.)। एकातिर क्षणिक हुरी-बतासले उत्तर दिनाजपुर जिल्लालाई आइतवार गर्मीबाट राहत दिलाएको छ भने अर्कोतिर चट्याङ्गले ध्वंश मच्चाएको छ। जिल्लाका दुई भिन्न ठाउँमा चट्याङ्गको चपेटमा परेर तीन जना मानिसहरूले ज्यान गुमाएका छन् भने अन्य दुई जना घाइते भएका छन्। यी दुई घटना इटाहर र कालियागञ्जमा भएको हो।
पुलिस औ स्थानीय सूत्र अनुसार आइतवार अपरान्ह लगभग 12 बजी अचानक आकाश कालो भएर तीव्र वर्षा हुन थाल्यो। यस अवधि वज्रपात पनि हुन थाल्यो। इटाहरको रामडांगा क्षेत्रस्थित खेतमा काम गरिरहेका एक जना किसानमाथि अचानक वज्रपात भयो जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो। मृतकको नाम जीतन बर्मन (50) रहेको बताइएको छ। यसै घटनामा अन्य दुईजना मानिसहरू क्रमैले अतुल बर्मन (40) र निर्मल बर्मन (45) जो रामडांगाकै निवासी हुन्, घाइते भएका छन्।
कालियागञ्जमा पनि चट्याङ्गले दुई जना मानिसहरूको ज्यान लिएको छ। मृतकहरूको पहिचान भूपाल देवशर्मा (60), निवासी बोचाडांगा र रूमा सरकार (28)- को रूपमा भएको छ।
स्थानीय मानिसहरू अनुसार भूपाल देव शर्मा खेतमा काम गरिरहेका थिए भने रूमा सरकारले गाई-वस्तुलाई खेतबाट घरतर्फ लगिरहेकी थिइन्। अचानक चट्यांग पऱ्यो जसमा दुवै जनाको मृत्यु भयो।
जिल्ला प्रशासनको पक्षबाट मृतकहरूका परिवारहरूलाई सहायता दिने प्रक्रिया शुरू गरिएको छ भने घाइतेहरूको उपचार भइरहेको छ। प्रशासनले मानिसहरूलाई अपील गरेको छ, प्रतिकूल मौसममा सतर्कता अप्नाइयोस् साथै सुरक्षित स्थानमा बसियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा