उत्तर 24 परगना, 13 जुलाई (हि.स.)। शिवदासपुर थाना पुलिसले वाहनको ब्याट्री चोरी गरेको घटनाको सफलतापूर्वक खुलासा गर्दै दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ।
आमडांगा निवासी नूर मुस्ताकिनको सिकायतमा यो मामिला दर्ता गरिएको थियो जसमा उनले बताएका थिए, उनका वाहनहरूको ब्याट्री अज्ञात चोरहरूले अलग-अलग स्थानहरूबाट चोरी गरेका छन्। सिकायतको आधारमा शिबदासपुर थानामा मामिला संख्या 119/25, धारा 303(2) बीएनएस अन्तर्गत मुद्दा दर्ता गरियो। मामिलालाई गम्भीर रूपमा लिएर जाँच अधिकारी एएसआई शुभ्रतो विश्वासले तत्परता देखाउँदै अनुसन्धान कार्य शुरू गरे।
गुप्त सूचनाको आधारमा पुलिसले भबगाछी पश्चिमपाड़ा क्षेत्रबाट दुईजना युवकहरूलाई पक्राउ गऱ्यो जसमा क्रमैले हसिबुल अली शेख (23), मसुम मण्डल (19) सामेल छन्।
पुलिस हिरासतमा भएको जाँचबुझमा दुवै आरोपीहरूले आफ्नो अपराधलाई स्वीकार गरे। यिनीहरूले बताए अनुरूप चोरी गरिएका तीनवटा वाहनको ब्याट्र्रीलाई जफ्त गरिएको छ।
पुलिस सूत्र अनुसार दुवै आरोपी पेशावर चोर हुन् र यिनीहरू पहिलाबाटै यस किसिमका घटनाहरूमा सामेल हुँदै आएका छन्। पुलिसले अब यिनीहरूको आपराधिक नेटवर्कको बारेमा पत्तो लगाउन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा