बंगालीहरूलाई 'बंगलादेशी' भनेर प्रताड़ित गरिएको विरोधमा चुँचुड़ा तृणमूल कंग्रेसको विरोध मार्च
बंगालीहरूलाई 'बंगलादेशी' भनेर प्रताड़ित गरिएको विरोधमा चुँचुड़ा तृणमूल कंग्रेसको विरोध मार्च


हुगली, 13 जुलाई (हि.स.)। भाजपा शासित राज्यहरूमा बंगालीहरूलाई बंगलादेशी भनेर प्रताड़ित गरिएको विरोधमा आइतवार पश्चिम बंगालको हुगली जिल्ला अधिनस्थ चुँचुड़ामा तृणमूल कंग्रेसको पक्षबाट पिपुलपाती मोड़देखि घड़ी मोड़सम्म तृणमूल विधायक असित मजुमदारको नेतृत्वमा एक विशाल ऱ्याली निकालियो।

वास्तवमा हालैमा ओडिशाको झारसुगुड़ा जिल्लामा हुगली निवासी देवाशीष दासलाई बंगलादेशी हुनसक्ने आशंकामा स्थानीय पुलिसद्वारा हिरासतमा लिइएको थियो। देवाशीषले बताए, उनीसित आफ्नो पासपोर्ट, आधार कार्ड, प्यान कार्ड, भोटर आईडी, जन्म प्रमाण-पत्र, माध्यमिक परीक्षा प्रमाण-पत्र औ पुलिस भेरिफिकेशन सर्टिफिकेट जस्ता सबै वैध दस्तावेजहरू हुँदाहुँदै पनि उसलाई रिहा गरिएन। उनको फोन समेत जफ्त गरियो। न त परिवारका सदस्यहरूसित बात गर्न दिइयो न त ठेकादारसित। परिवारसित सम्पर्क विच्छिन्न भएपछि पीड़ित परिवार विशेष गरी उनकी आमा बिभा दास शोकमा परिन्।

देवाशीषले बताए, उनले चौधवटा राज्यहरूमा काम गरिसकेका छन्, तर यसप्रकारको अपमानजनक स्थितिको सामना उनलाई अहिलेसम्म गर्न परेको थिएऩ। यस घटनाले उनलाई गहिरो मानसिक आघात पुऱ्याएको छ र अब उनलाई राज्य बाहिर काम गर्न जान पनि डर लागिरहेको छ। यस सम्पूर्ण घटनाको विरोधमा स्थानीय मानिसहरू पनि ठूलो संख्यामा तृणमूल कंग्रेसको यस विरोध मार्चमा सामेल भए।

विधायक असित मजुमदारले भने, भाजपाशासित राज्यहरूमा यदि कुनै व्यक्तिले बंगला भाषा बोले उसलाई बंगलादेशी भनेर प्रताड़ित गरिँदैछ। यो भारतको संघीय ढाँचाको विरोधमा छ। हाम्रो देशमा धेरैवटा भाषा अऩि संस्कृतिहरू छन्, तर भाजपाले सुनियोजित ढंगमा मानिसहरूमा विभाजन रेखा कोर्ने षड़यन्त्र गरिरहेको छ। उनले अझ भने, पश्चिम बंगाल सरकार औ मुख्यमन्त्री ममता ब्यनर्जी राज्यका सबै प्रवासी श्रमिकहरूको पक्षमा छन्। उनीहरूलाई चिन्ता गर्ने आवश्यकता छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande