हुगली, 13 जुलाई (हि. स.)। जिल्लाको आरामबागस्थित द्वारकेश्वर नदीमामा रहेको रामकृष्ण सेतुको अवस्था दिन-प्रतिदिन सोचनीय हुँदै गइरहेको छ। यस पुलको स्थिति जर्जर भए पनि यहाँबाट प्रतिदिन सयकड़ौं ओभरलोड ट्रक, हजारौं सरकारी एवं निजी बसहरू तथा अऩ्य भारी वाहनहरू ओहोर-दोहोर गर्दछन्।
रामकृष्ण सेतु दक्षिण बंगालको दुई मेदिनीपुर, झाड़ग्राम औ बाँकुड़ा जिल्लालाई हुगली जिल्लासित जोड़्ने एकमात्र सम्पर्क मार्ग हो। त्यसैले यस पुलमाथि यातायातको चाप सदैव बढ़ी रहन्छ। तर वर्तमानमा पुलको कंक्रिट भत्किसकेको छ र भित्रबाट फलामको रड बाहिर निक्लिसकेको छ। पुलको साइडमा पनि फलामको रडमा खिया लागेर कमजोर भइसकेको छ। पिचको पत्र उप्किसकेको छ जसले गर्दा पुलको सतह अत्यन्त जीर्ण बनेको छ। ठाउँ-ठाउँमा खाल्डो परिसकेको छ।
यस्तो गम्भीर अवस्थामा पनि पुलमा एउटा चेताउनी बोर्ड मात्र झुण्डाइएको छ जसमा लेखिएको छ, पुल कमजोर छ। तर ओभरलोडेड वाहनहरूको आवागमन लगातार जारी छ जसबाट पुलमा कम्पन्न महसूस हुन्छ। स्थानीय मानिसहरूले यो पुल पनि गुजरातको मोरबीमा भएको पुल दुर्घटना जस्तो त हुनेछैन भनी भय अनि चिन्ता व्यक्त गरेका छन्।
द्वारकेश्वर नदीको किनारमा अवस्थित आरामबाग शहर हाल यसै एउटा पुलमाथि निर्भर छ। यदि प्रशासनले यथाशीघ्र मरम्मत कार्य वा वैकल्पिक व्यवस्था गरेन भने कुनै पनि समय यहाँ ठूलो दुर्घटना हुन सक्दैन भनेर भन्न सकिँदैन। स्थानीय मानिसहरू अनि दैनिक यात्रीहरूले चाँड़ोभन्दा चाँड़ो पुलको मरम्मत अनि भारी वाहनहरूको आवागमनमाथि रोक लगाउने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा