हावड़ा, 13 जुलाई (हि.स.)। हावड़ा जिल्लाको डोमजुड़स्थित शलप क्षेत्रमा राष्ट्रिय राजमार्ग-16को किनारमा आइतवार बिहान एउटा रूखमा एकजना व्यक्तिको शव झुण्डिरहेको देखिएपछि क्षेत्रमा कोकोहोलो मच्चियो। प्राप्त जानकारी अनुसार शव भेटिएको स्थान स्थानीय पुलिस क्याम्पदेखि मात्र 50 मीटरको दूरत्वमा अवस्थित छ।
आइतवार भोर बिहान स्थानीय मानिसहरूले शवलाई रूखमा झुण्डिरहेको देखेपछि तुरून्त पुलिसलाई सूचना दिए। सूचना पाउनसाथ डोमजुड़ थानाको पुलिसले घटनास्थलमा पुगेर शवलाई आफ्नो कब्जामा लिई पोस्टमर्टम गर्न पठाइदियो।
स्थानीय मानिसहरूको भनाइ छ, मृत व्यक्ति यस क्षेत्रको होइन। स्थानीय मानिसले बताए, मैले पहिला कहिल्यै पनि उक्त व्यक्तिलाई यस क्षेत्रमा देखेको छुइनँ। उ बाहिरबाटै आएको थियो। पुलिसले आशंका व्यक्त गरेको छ, मृतक व्यक्ति कुनै ट्रक ड्राइभर वा खलासी हुनसक्छ।
डोमजुड़ थानाको पुलिसले मामिलाको जाँच शउरू गरेको छ साथै मृतकको पहिचान गर्ने चेष्टा गरिरहेकोछ। पुलिसले आशा व्यक्त गरेको छ, पोस्टमर्टम रिपोर्ट आएपछि मृत्युको कारण पत्तो लाग्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा