काँवड़ यात्राः यूपीको हिस्ट्रीशीटर पागलको भेषमा पक्राउ
काँवड़ यात्राः यूपीको हिस्ट्रीशीटर पागलको भेषमा पक्राउ


हरिद्वार, 13 जुलाई (हि.स.)। पागलको भेष बनाएर घुमिरहेको यूपीको हिस्ट्रीशीटरलाई जीआरपीले पक्राउ गरेको छ। पुलिसले आरोपीविरूद्ध मुद्दा दर्ता गरी चलान गरिदिएको छ।

पुलिस अधीक्षक रेलवेज तृप्ति भट्टले काँवड़ यात्रा अवधि संदिग्धहरूको निगरानी गर्न अनि आसामाजिक तत्वहरूलाई पक्राउ गर्ने निर्देश दिएकी छन्। त्यसैले रुड़की जीआरपी चौकी प्रभारी प्रीति कर्णवाल हेड कन्स्टेबल सतवीर सिंह, अनिरुद्ध त्यागी औ कन्स्टेबल अभिषेकको साथमा प्लेटफर्ममा गस्ती गर्न हिँड़ेकी थिइन्। गस्ती गर्ने क्रममा प्लेटफर्ममा घुमिरहेको एकजना विक्षिप्त व्यक्तिको गतिविधि उनलाई संदिग्ध लाग्यो।

लामो समयसम्म उसको गतिविधिहरूमाथि नजर राखेपछि पुलिसले उसलाई समात्यो। जाँच गर्दा संदिग्ध व्यक्तिबाट एउटा छुरा भेटियो। जाँचबुझमा आरोपीले आफ्नो नाम अभिषेक शुक्ला, निवासी कुम्हारन टोला, थाना गोला गोकर्णनाथ, जिल्ला लखिमपुर, उत्तर प्रदेश बतायो।

जीआरपीले उप्र पुलिससित सम्पर्क गर्दा थाहा लाग्यो, आरोपी उप्र पुलिसको हिस्ट्रीशीटर हो। उविरूद्ध गम्भीर धाराहरूमा धेरैवटा मामिलाहरू दर्ता छन्। उप्र पुलिसद्वारा उसलाई पक्राउ गरियो। सञ्जय शर्मा लक्सर जीआरपी थानाध्यक्षले बताए, आरोपीविरूद्ध मुद्दा दर्ता गरी अदालतमा पेश गरियो जहाँबाट उसलाई जेलमा पठाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande