साहित्यकार सुरेन्द्र थीङलाई विकास गोतामे स्मृति पुरुस्कार प्रदान
साहित्यकार सुरेन्द्र थीङलाई विकास गोतामे स्मृति पुरुस्कार  प्रदान


मङ्पू, 13 जुलाई (हि.स.)। वरिष्ठ साहित्यकार सुरेन्द्र थीङलाई विकास गोतामे स्मृति पुरुस्कार प्रदान गरिएको छ। आज मङ्पूको रबिन्द्र भवनमा पश्विम बङ्गाल श्रमिक कल्याण केन्द्र परिषद उत्तर बङ्गाल क्षेत्रको आयोजनामा २११औं भानुजयन्ती समारोह बिदुर कार्कीको अध्यक्षतामा सम्पन्न भयो।

रबिन्द्र श्रमिक कल्याण केन्द्र मङपूका प्रमुख सदुमा छेत्रीले स्वागत सम्भाषण राखेको कार्यक्रममा मङपू वरिपरि सरकारी विद्यालयहरुमाझ कविता प्रतियोगिता सम्पन्न भयो। लाब्दा खास निम्न उच्च माध्यमिक विद्यालय अनि अगमसिंह गिरी निम्न उच्च माध्यमिक विद्यालयका नानीहरुले रामायण पाठ गरे भने छात्रा डोमा तामाङले गीत प्रस्तुत गरिन्।

पुष्कर सिङ्गरले सञ्चालन गरेको कार्यक्रममा मङ्पू वरिपरिका सरकारी विद्यालयहरुमाझ कविता प्रतियोगिता सम्पन्न भयो, जसमा रन्जुभेल्ली निम्न उच्च माध्यमिक विद्यालयकी छात्रा एस्तर तामाङले प्रथम स्थान ओगट्न सफल भइन्। यसरी नै अगमसिंह गिरी विद्यालयकी छात्रा स्मृति राईले संयुक्त रूपमा बराबरी अंक ल्याएर दोस्रो स्थान हासिल गरिन् भने अगमसिंह गिरी विद्यालयका छात्रा स्नेह राईले तेस्रो स्थान हासिल गरिन्।

यसरी नै अन्तर प्राथमिक पाठशाला बस अनि चित्र बनाऊ प्रतियोगिताको वरिष्ठ वर्गमा श्रीदेश राई लाब्दा निम्न उच्च माध्यमिक विद्यालय प्रथम, लायाङ तामाङ दोस्रो, पाल्साङ तामाङ तेस्रो, रन्जुभेल्ली निम्न उच्च माध्यमिक विद्यालय बन्न सफल भए। यसरी कनिष्ठ वर्गमा प्रथम अभि राई राची मेमोरियल प्राथमिक पाठशाला, दोस्रो दोर्जी तामाङ लाब्दा खास जुनियर बेसिक स्कुल, तेस्रो आफिया राई राची मेमोरियल प्राथमिक पाठशाला भए।

बिजयी प्रतियोगीहरुलाई समारोहका प्रमुख अतिथि सभासद रतन थापा, विशिष्ट अतिथिहरुको बाहुलीबाट पुरुस्कार हस्तान्तरण गरियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande