मन्त्री प्रवेश साहिब सिंह वर्माले पल्ला क्षेत्रमा यमुना नदीको गरे निरीक्षण, पानीको नमूना पनि संकलन गरे
मन्त्री प्रवेश साहिब सिंह वर्माले पल्ला क्षेत्रमा यमुना नदीको गरे निरीक्षण, पानीको नमूना पनि संकलन गरे


नयाँ दिल्ली, 13 जुलाई (हि.स.)। दिल्लीका सिचाई एवं बाढ़ी नियन्त्रण विभागीय मन्त्री प्रवेश साहिब सिंह वर्माले आइतवार पल्ला क्षेत्रमा यमुना नदीको निरीक्षण गरे। यस अवधि यमुनाको पानीको नमूना पनि संग्रह गरियो। यो त्यो क्षेत्र हो जहाँ यमुना हरियाणाबाट दिल्लीमा प्रवेश गर्दछ।

मन्त्री प्रवेश साहिब सिंह वर्माले विभागीय अधिकारीहरूसित बोटमा सवार भई जलस्तर अनि तटीय स्थितिको जायजा लिए अनि यमुनाबाट पानीको नमूना पनि लिइएको छ ताकि गुणस्तर जाँच गर्न सकियोस्।

मन्त्रीले बताए, पल्ला क्षेत्रमा पानी स्वच्छ भए पनि दिल्लीमा प्रवेश गर्नसाथ यमुनाको रंग गहिरो र मैला हुन्छ। दिल्लीमा पनि यमुनाको पानीलाई त्यस्तै सफा र स्वच्छ बनाउने प्रयास सरकारले गरिरहेको छ।

मन्त्रीले भने, दिल्ली सरकार बर्खा याममा पूर्ण रूपले सड़कहरूलाई लिएर सक्रिय भएको छ। आम आदमी पार्टीले दुई-तीनवटा स्थानहरूको तस्वीर देखाएर सम्पूर्ण शहरलाई जलमग्न बताउने प्रयास गरिरहेको छ। दिल्ली एक विशाल नगर भएको कारणले हरेक स्थानमा यस्तो दृश्य छैन।

उनले भने, जहाँबाट पानीको क्षणभरमै निकासी हुन्छ, त्यस्तोस्थानलाई जलभराउ भन्न सकिँदैन। चार-पाँच घण्टासम्म पानी निकासी नभएको खण्डमा जलभराउ भन्न सकिन्छ। अधिकांश स्थानहरूमा जल निकासी व्यवस्थाले सही ढंगमा काम गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande