सिलगढ़ी, 13 जुलाई (हि.स.)। उत्तर बंगाल डिस्ट्रीब्यूटर वेलफेयर एसोसिएशनको नक्सलबाड़ी शाखाद्वारा आइतवार रक्तदान शिविरको आयोजन गरियो। शिविर नक्सलबाड़ी विज्ञान केन्द्रको संयुक्त पहलमा नक्सलबाड़ी यूनाइटेड क्लबमा आयोजना गरिएको थियो जसमा एसोसिएशनका सदस्यहरू लगायत आम मानिसहरूले उत्साहपूर्वक भाग लिएर स्वेच्छाले रक्तदान गरे।
यस अवसरमा सिलगढ़ी महकुमा परिषदका सभाधिपति अरुण घोष पनि उपस्थित थिए। उत्तर बंगाल डिस्ट्रीब्यूटर वेलफेयर एसोसिएशनको पक्षबट बताइयो, उत्तर बंगाल मेडिकल कलेज अनि अस्पतालमा रगतको अभाव छ। थैलेसीमिया सहित अन्य विभिन्न रोगका रोगीहरूलाई रगतको आवश्यकता पर्छ जसलाई मध्यनजर गर्दै यो रक्तदान शिविर आयोजना गरिएको हो। आगामी दिनमा पनि आवश्यकता परे एसोसिएशनको पक्षबाट यस किसिमको शिविर आयोजना गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा