घरमा दुस्साहसिक चोरी, पुलिस जाँचमा जुट्यो
घरमा दुस्साहसिक चोरी, पुलिस जाँचमा जुट्यो


सिलगढ़ी, 13 जुलाई (हि.स.)। आशीघर चौकी संलग्न तेलीपाड़ा क्षेत्रमा एक दुस्साहसिक चोरीको घटना घटेको छ। चोरले नगद रुपियाँ, मोबाइल फोन र अन्य सामानहरू चोरेर टाप कस्यो।

भनिन्छ, गए शनिवार अबेर राती एकजना युवक चोरी गर्नको लागि घरभित्र पस्यो। चोरी गरेपछि घरबाट बाहिरिँदै गर्दा चोरलाई घरकी एकजना महिला सदस्यले देखिन्। महिलाले चिच्याउँदै गुहार मागिन्। त्यसपछि परिवारका अन्य सदस्यहरू पनि ब्युँझिए। तर त्यसबेलासम्ममा चोर भागिसकेको थियो। घरबाट चोरले नगद रुपियाँ, मोबाइल फोन र केही सामानहरू चोरेर लग्यो।

परिवारको आरोप छ, चोर यसै क्षेत्रको हो। घटनापछि आशीघर चौकीमा लिखित सिकायत दर्ता गरियो। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande