सोनादा ग्रामीण पुस्तकालयद्वारा भानु जयन्ती समारोह सम्पन्न
सोनादा ग्रामीण पुस्तकालयद्वारा भानु जयन्ती समारोह सम्पन्न


सोनादा, 13 जुलाई (हि.स.)। सोनादा ग्रामीण पुस्तकालयको आयोजनामा आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती पालन गरियो। एलके गुरूङको सभापतित्वमा‌‌ सम्पन्न गरिएको उक्त कार्यक्रममा भूषण शेर्पा प्रमुख अतिथि थिए। विशिष्ट अतिथिहरूमा सोनादा ग्रामीण पुस्तकालयका उप सभापति बुद्ध संगम, सचिव देवकुमार प्रधान, कोषाध्यक्ष रामराज राई, ग्रामीण पुस्तक प्रभारी दोर्जे शेर्पा लगायत सुमन सेवा र सोनादा संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा सोनादा उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूले रामायण पाठ गरेका थिए। त्यसरी नै सोनादा उच्चत्तर माध्यमिक विद्यालय, ग्रीन हिल अंग्रेजी स्कूल साथै शान्तिरानी उच्चत्तर माध्यमिक विद्यालायका विद्यार्थीहरूले कविता वाचन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande