भांगड़, 13 जुलाई (हि.स.)। भांगड़मा भएको तृणमूल कंग्रेसका नेता रज्जाक ख़ानको हत्याको मामिलामा पुलिसले कारबाही गर्दै तृणमूलकै प्रभावशाली नेता मोफज्जललाई आज पक्राउ गरेको छ। मोफज्जल रज्जाककै छिमेकी बूथका अध्यक्ष अनि भांगड़ विधानसभा तृणमूल कमिटीका सदस्य रहिसकेको छ।
पुलिस सूत्र मुताविक क्षेत्रमा उसको राजनीतिक प्रभाव रहे पनि रज्जाक द्रूत गतिमा उदाएका कारणले उसको मनभित्र ईर्ष्या जागेको थियो। पुलिसको शुरुआती जाँचमा थाहा लागे अऩुसार मोफज्जल मोल्लाले आफै गोली चलाएन। पैसा दिएर सुपारी कलर मार्फत हत्या गरायो। उसको उदेश्य थियो, रज्जाकलाई बाटोबाट हटाएर आफ्नो एकछत्र प्रभाव कायम गर्नु।
पुलिस जाँचबुझमा यो पनि सामु आएको छ, मोफज्जल रज्जाक विजयगञ्ज बजारको अध्यक्ष बनेकोमा असन्तुष्ट थिए, किनभने उसले पहिलाबाटै त्यस क्षेत्रको हेरचाह गर्दै आइरहेको थियो। बजारको जिम्मेवारी खोसिएपछि रज्जाकप्रति उसको असन्तुष्टि झन बढ़ेको थियो।
यस हत्याकाण्डको पछाड़ि इण्डियन सेक्युलर फ्रण्ट रहेको तृणमूल नेताहरूले शुरूमा आरोप लगाएका थिए। तर अब स्वयं पार्टीका नेतालाई पक्राउ गरिएपछि राजनीतिक गल्लीहरूमा उथुल-पुथुल मच्चिएको छ। तृणमूलका वरिष्ठ नेता शौकत मोल्लाले मोफज्जललाई पार्टीको जिम्मेवारी पदाधिकारी मान्न अस्वीकार गर्दै भने, उ न बूथ अध्यक्ष हो, न त विधानसभा कमिटीकै सदस्य। उ एकजना सामान्य कार्यकर्ता हो। हामीसित हजारौं मानिसहरू काम गर्दछन्, कसले कतिबेला फोटो खिच्छन्, त्यसबाट केही पनि तय हुँदैन। यद्यपि शौकत मोल्लाले आफ्नो कुरालाई पुनः दोहोऱ्याउँदै दाबी गरे, यस हत्याको षड़यन्त्रको पछाड़ि आईएसएफकै हात छ।
यस मामिलाको जाँच काशीपुर थाना पुलिसले मात्र नभएर कोलकाता पुलिसको स्पेशल ब्राञ्च अनि गुण्डा दमन शाखाका अऩुभवी टीमहरूले पनि गरिरहेका छन्। पुलिसले शंका व्यक्त गरेको छ, यस षड़यन्त्रमा अन्य पनि मानिसहरू सामेल हुनसक्छन्, त्यसैले आरोपीसित जाँचबुझ जारी राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा