मुख्यमन्त्री सरमाले उल्फा (आई)-माथि भएको कथित ड्रोन हमलामा असम पुलिसको संलिप्ततालाई गरे अस्वीकार
मुख्यमन्त्री सरमाले उल्फा (आई)-माथि भएको कथित ड्रोन हमलामा असम पुलिसको संलिप्ततालाई गरे अस्वीकार


गुवाहाटी, 13 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले म्यान्मारमा यूनाइटेड लिबरेशन फ्रण्ट अफ असम-इण्डिपेन्डेण्ट (उल्फा-आई)- को शिविरमा भएको कथित ड्रोन हमलामा असम पुलिसको कुनै पनि प्रकारको भूमिका रहेको आरोपलाई अस्वीकार गरेका छन्।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार मीडियाका प्रश्नहरूको जवाफ दिँदै भने, असमको सीमाबाट कुनै प्रकारको कारबाही गरिएको छैन र राज्य पुलिसको यसमा कुनै प्रकारको संलिप्तता छैन। उनले भने, असमको धरतीबाट कुनै हमला भएको छैन। असम पुलिसको यस घटनासित कुनै प्रकारको सम्बन्ध छैन।

वास्तवमा उल्फा (आई)-को दाबी छ, यस कथित हमलाकमा नयन असोम सहित उल्फा (आई)-का केही वरिष्ठ सदस्यहरू (उग्रवादीहरू)- को कथितरूपमा ज्यान गयो। तथापि भारतीय सेना वा कुनै रक्षा एजेन्सीले यसको आधिकारिक पुष्टि गरेको छैन। त्यसैले मुख्यमन्त्री सरमाले स्पष्ट पारे, असम सरकारलाई केन्द्र वा रक्षा प्रतिष्ठानबाट यस घटनाको बारेमा कुनै सूचना प्राप्त भएको छैन।

उनले भने, यदि यस्तो कुनै कारबाही भएको भए भारतीय सेनाले यस विषयमा कुरा गर्नेछ। अहिलेसम्ममा मसित कुनै आधिकारिक बयान छैन। उनले भने, राज्य सरकारले स्थितिलाई नियालिरहेको छ र साँझसम्ममा अझ स्पष्ट हुने आशा छ।

मख्यमन्त्रीको यो स्पष्टिकरण उल्फा (आई)-द्वारा जारी त्यस बयानपछि आएको छ जसमा भारतीय सेनामाथि उसको शीर्ष कमाण्डर नयन ओसमको अन्तिम संस्कार अवधि मिसाइल हमला गरेको आरोप लगाइएको छ। उल्फा (आई)-ले दाबी गऱ्यो, यस हमलामा ब्रिगेडियर गणेश असोम र कर्नल प्रदीप असम सहित अन्य वरिष्ठ सदस्यहरू मारिए। उल्फाले जवाफी कारबाही गर्ने चेताउनीपनि दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande