चेल्सीले पीएसजीलाई हराएर जित्यो फीफा क्लब वर्ल्ड कप 2025 को उपाधि
चेल्सीले पीएसजीलाई हराएर जित्यो फीफा क्लब वर्ल्ड कप 2025 को उपाधि


ईस्ट रदरफोर्ड, 14 जुलाई (हि.स.)। कोल पामरको दुई गोल र एक उत्कृष्ट असिस्टको बलमा चेल्सीले सोमवार (भारतीय समयानुसार) फीफा क्लब वर्ल्ड कप 2025 को फाइनलमा पेरिस सेन्ट-जर्मेन (पीएसजी) लाई 3-0 लाई हराएर नयॉं इतिहास रचेको छ। पहिलोपल्ट 32 टीमको यस नयॉं प्रारूपमा क्लब वर्ल्ड कप खेलिएको थियो भने चेल्सी यसको पहिलो विजेता बनेको छ।

यूईएफए च्याम्पियन्स लीग जितेपछि अमेरिका पुगेको पीएसजीले सेमिफाइनलमा रियल म्याड्रिडलाई 4-0 ले हराएपछि यस स्पर्धाको प्रबल दाबेदार मानिएको थियो। तर, फाइनलमा चेल्सीले पहिलो हाफमा नै 3-0 को बढत बनायो, जसपछि म्याच पूर्ण रूपमा एकतर्फी बन्यो।

म्याचको 22औं मिनटमा मलो गुस्टोको सहायतामा कोल पामरले पहिलो गोल गरे। 30औं मिनटमा पामरले एकपल्ट फेरि गोल गरेर स्कोर 2-0 बनाए। यसपछि, 43औं मिनटमा पामरले उत्कृष्ट पास दिए, जसको फइदा उठाउॅंदै जोआओ पेड्रोले गोल स्कोर 3-0 पुऱ्याए।

पीएसजीको टीमले आफ्ना आठ म्याचहरू केवल एक गोल खाएका थिए, तर चेल्सी समक्ष पूर्ण रूपमा ध्वस्त भए। म्याचको अन्तमा जोआओ नेवेसलाई मार्क कुकुरेलाको कपाल तानेकोमा वीएआर रिव्यूपछि रेड कार्ड देखाइयो।

यो जित चेल्सीको लागि एकदमै विशेष रह्यो, किनकि यस सीजनमा उसले यूईएफए कन्फ्रेन्स लीग पनि जित्यो र प्रीमियर लीगमा चौथो स्थानमा रह्यो। क्लबले यस जितका सा​थै लगभग 125 मिलियन अमेरिकी डलरको पुरस्कार राशि प्राप्त गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande