असमको डिब्रूगढ़मा भेटियो हाइड्रोकार्बन, मुख्यमन्त्री सरमाले बताए ‘गौरवपूर्ण क्षण’
असम


डिब्रूगढ़, 16 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राज्यको निम्ति ऊर्जा सुरक्षा र आर्थिक सशक्तिकरणको दिशामा एक ठूलो उपलब्धीको घोषणा गरेका छन्।

ओयल इण्डिया लिमिटेडले नमरूपको बोरहाट-1 कुआँमा हाइड्रोकार्बनको उपलब्धताको खोज गरेको छ। यस कुआँमा असम सरकारको महत्वपूर्ण हिस्सेदारी छ, जसले यस खोजलाई अझ् पनि अधिक एतिहासिक बनाउँदछ।

मुख्यमन्त्री सरमाले सोशल मीडियामा एक पोस्ट साझा गर्दै भनेका छन्, यस उपलब्धीको साथ असम देशको पहिलो यस्तो राज्य बनेको छ, जसको सरकार प्रत्यक्ष रूपमा तेल उत्पादक बनेको छ। यो खोजले न केवल राज्यको तेल अन्वेषण प्रयासहरूलाई सफल बनाउँदछ तर असमलाई राजस्व र रोयल्टीले सशक्त गर्दछ।

साथै यो देशको निम्ति ऊर्जाको स्थायी आपूर्ति सुनिश्चित गर्नमा पनि सहायक सिद्ध हुनेछ। मुख्यमन्त्रीले यस क्षणलाई असमको निम्ति गौरवपूर्ण क्षण बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande