छत्तीसगढ़को बस्तरमा सक्रिय 33 लाख इनामी नक्सली दम्पत्तिले आत्मसमर्पण गऱ्यो
नक्सल


जगदलपुर, 16 जुलाई (हि.स.)। छत्तीसगढ़को बस्तरमा सक्रिय दण्डकरण स्पेशल जोनल कमिटी र तेलंगाना स्टेट कमिटीको सदस्य नक्सली दम्पत्ति लच्छन्ना उर्फ गोपन्ना (20 लाख इनामी) ले आफ्नी पत्नी अंकुबाई उर्फ अनितक्का (8 लाख इनामी) को साथ तेलंगानाको रामागुन्डममा पुलिस कमिश्नर समक्ष आत्मसमर्पण गरेको छ। दुवै नक्सली दम्पत्ति लगभग गत 22-23 वर्षदेखि अलग-अलग क्षेत्रहरूमा सक्रिय थिए।

पुलिस अनुसार, नक्सली लच्छन्नाले वर्ष 2023 मा डीकेएसजेडसीएम क्याडरको जिम्मा पाएको थियो। यस अगाड़ी उ वर्ष 2007 मा उत्तर बस्तर डीव्हीसी टेक्निकल डिपार्टमेन्टको इन्चार्ज थियो। यसकी पत्नी नक्सली अनितक्काले तेलंगानाको सिरपुर दलममा काम गरिसकेकी छे, वर्ष 2002 मा एसीएमको रूपमा संगठनमा उसको पदोन्नति भएको थियो। वर्ष 2007 मा अनितक्कालाई टेक्निकल डिपार्टमेन्टमा पठाइएको थियो। वर्तमानमा उ उत्तर बस्तरको डीव्हीसीको टेक्निकल डिपार्टमेन्टमा डीव्हीसीएमको पदमा सक्रिय थिई।

यी दुवै नक्सली दम्पत्तिको आत्मसमर्पण सुरक्षाबलहरूका लागि ठूलो सफलता मानिन्दैछ। लामो समयदेखि वाञ्चिछ रहेका यी वरिष्ठ क्याडरका नक्सलीहरूको समर्पणले बस्तर र तेलंगानामा नक्सल नेटवर्कमाथि ठूलो प्रभाव पार्नसक्छ। यी दुवै आत्मसमर्पित नक्सलीहरूले छत्तीसगढ़को बस्तरमा लामो समयसम्म काम गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande