रांची, 16 जुलाई (हि.स.)। झारखण्डको बोकारो जिल्लाको जागेश्वर बिहार थाना क्षेत्रमा लुगू पहाड़को काशीटांड़ जंगलमा पुलिस र नक्सलीहरूबीच बुधवार भएको भिड़न्तमा पाँच लाख इनामी नक्सली सुंवर मांझी मारिएको छ। यस भिड़न्तमा कोबरा बटालियनको एक जवान पनि बलिदान भएको छ।
बोकारो रेञ्जका आईजी क्रान्ति कुमार गड़देशीले बताए, बुधवार भोर बिहान लुगू पहाड़ वरपर नक्सलीहरूको एक दस्ता क्रियाशील भएको सूचना पाइयो, जसको आधारमा केन्द्रिय बलहरू बोकारो पुलिसको तर्फबाट विशेष अभियान शुरू गरियो। जंगलमा सर्च अपरेशनमै पुलिसको नक्सलीहरूसित सोझो सामना भयो। यसपछि दुवै तर्फबाट भिड़न्त शुरू भयो, जसमा पाँच लाख इनामी कुंवर माझी मारियो। कुंवर मारिएपछि उसको एके-47 राइल पनि पुलिसले जफत गरेको छ।
उनले बताए, अभियानमा नक्सलीहरूको तर्फबाट अचानक गरिएको गोलीबारीमा केन्द्रिय रिजर्व पुलिस बल (सीआरपीएफ) को 20औं कोबरा एकाईका कन्स्टेबल प्रनवेश्वर कोच (33) गोली लाग्दा बलिदान भए। उनी मूल रूपमा असमको कोकराझारका निवासी थिए।
आईजीले बताए, पुलिसलाई आफूमाथि हावी भएको देखेर नक्सलीहरूले केही ग्रामीणहरूलाई अगाड़ी पारेर पुलिसदेखि बच्ने प्रय़ास गरे। जब नक्सली यसमा पनि सफल भएनन् तब उनीहरूले एक ग्रामीणको गोली हानेर हत्या गरे ताकि पुलिसको ध्यान भट्काउन सकियोस्। मारिएको ग्रामीण लुगू क्षेत्रको निवासी थियो।
पुलिस र नक्सलीहरूबीच यो भिड़न्त त्यही लुगू पहाड़मा भएको छ, जहाँ यही साल अप्रेल महिनामा एक करोड़ इनामी विवेक सहित आठ नक्सली एनकाउन्टरमा मारिएका थिए। आईजी बोकारोले बताए, नक्सलीहरूको खोजमा अहिलेपनि क्षेत्रमा सर्च अपरेशन जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी