गुवाहाटी, 18 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मादक पदार्थ विरोधी कारबाहीमा ठूलो सफलता हासिल गरेकोमा श्रीभूमि पुलिस र असम पुलिसको सराहना गरेका छन्।
पुलिस सूत्र अनुसार एक विशेष सूचनाको आधारमा गरिएको यस कारबाहीमा 30,000 याबा ट्याबलेट जफत गरिएको छ जसको अन्तर्राष्ट्रिय बजारमा अनुमानित मूल्य लगभग 6 करोड़ रुपियाँ रहेको छ।
यस सिलसिलामेा एक जना आरोपीलाई पक्राउ गरिएको छ। पुलिसले बतायो, मामिलाको गहन जाँच गरिँदैछ ताकि नशालु पदार्थको यस नेटवर्कसित जोड़िएका अन्य मानिसहरूको बारेमा पनि पत्तो लगाउन सकियोस्।
मुख्यमन्त्री सरमाले यस कारबाहीको लागि असम पुलिसलाई बधाई दिँदै भने, राज्यलाई ड्रग्स मुक्त बनाउनको लागि सरकार कृत संकल्पित छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा