दुर्गापुर ऱ्यालीदेखि टाँड़िएर दिल्ली पुगे दिलीप घोष
दुर्गापुर ऱ्यालीदेखि टाँड़िएर दिल्ली पुगे दिलीप घोष


कोलकाता, 18 जुलाई (हि.स.)। पश्चिम बंगाल भाजपाका पूर्व प्रदेश अध्यक्ष दिलीप घोष प्रधानमन्त्री नरेन्द्र मोदीको दुर्गापुर ऱ्यालीलाई छाड़ेर दिल्ली प्रस्थान भएका छन्। शुक्रवार बिहानै उनी ‘पार्टीको विशेष कार्य’ बताउँदै दिल्ली तर्फ प्रस्थान भए। यो घटनाक्रमले बंगाल भाजपाभित्र जारी तानातानलाई अझ बढ़ाइदिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार अपरान्ह दुर्गापुरमा एक प्रशासनिक कार्यक्रम र त्यसपछि एक राजनीतिक सभालाई सम्बोधन गर्नेछन्। राज्य भाजपाका तमाम वरिष्ठ नेताहरू यस सभाको लागि पहिलाबाटै दुर्गापुरमा डेरा हालेर बसेका छन्। प्रदेश अध्यक्ष शामिक भट्टचार्य त झन् बिहीवारै पुगिसकेका छन् भने केन्द्रिय मन्त्री सुकान्त मजुमदारले स्वयं बिहान घर-घरमा पुगेर सभाको लागि प्रचार गरिरहेका छन्।

यसप्रकारको गतिविधिबीच दिलीप घोषको नाम विलाएको छ। पहिला उनले भनेका थिए, पार्टी नबोलाए पनि एकजना कार्यकर्ताको रूपमा उनी सभामा सामेल हुनेछन्, तर शुक्रवार बिहान कोलकाता एयरपोर्टबाट दिल्ली प्रस्थान हुनपूर्व पत्रकारहरूसित बातचित गर्दै उनले भने, “कर्मीहरूले बोलाएका थिए, त्यसैले हुन्छ भनेको थिएँ, तर पार्टीले मलाई बोलाएन। सायद पार्टीले चाहँदैन कि म दुर्गापुरमा जाऊँ। यदि गएको भए असहज स्थिति हुनेथ्यो। त्यसैले अब म जाँदिने।”

तथापि पत्रकारहरूद्वारा सोधिएको प्रश्न, के तपाई ऱ्यालीदेखि बच्नको लागि दिल्ली गइरहनु भएको छ?-को जवाफ दिँदै उनले भने, “म पार्टीको विशेष काम लिएर दिल्ली गइरहेको छु।”

पछिल्लो केही समयदेखिको दिलीप घोषलाई लिएर भाजपाभित्र असहजता बढ़ेको छ। नेता प्रतिपक्ष शुभेन्दु अधिकारीसित उनको सम्बन्धलाई लिएर लामो समयदेखिकै चर्चा भइरहेको छ। हालैमा दिघामा आयोजित जगन्नाथ मन्दिरको उद्घाटन कार्यक्रममा दिलीप घोष मुख्यमन्त्री ममता ब्यनर्जीको निम्तोमा आफ्नी पत्नीलाई लिएर पुगेका थिए। जबकि पार्टीले यस कार्यक्रमलाई बहिष्कार गर्ने निर्णय लिएको थियो। पार्टी नेताहरूले खुल्ला रूपमा भनेका थिए, दिलीप घोष त्यहाँ व्यक्तिगत रूपमा गएका गएका थिए, पार्टी प्रतिनिधिको रूपमा होइन।

त्यसपछिदेखि पार्टीका बैठकहरूमा उनलाई बोलाउन बन्द गरियो। प्रदेश अध्यक्षको स्वागत समारोहमा पनि घोष अनुपस्थित रहे। तथापि दिलीप घोषले भाजपालाई त्याग्ने अड़कलहरूलाई भने लगातारा खारेज गर्दै आइरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande