जलपाइगढी, 18 जुलाई (हि.स)। नदी किनारबाट एउटा हात्तीको शव उद्धार गरियो। शुक्रवार बिहान स्थानीय मानिसहरूले मयनागुड़ी प्रखण्डको रामसाई जलढाका तथा मुर्ति नदीको संगममा एउटा वयस्क मादा हात्तीको शवलाई देखे। त्यसपछि हतार-हतार वन विभागलाई खबर दिइयो।
खबर पाउनसाथ वन विभागीय अदिकारीहरू घटनास्थलमा पुगे। वन विभागको रामसाई एलिफेन्ट स्क्वायडका प्रभारी भूपति शीलले भने, हात्तीको मृत्यु वज्रपातको चपेटमा परेर भएको हो। तथापि मृत्युको असली कारण पोस्टमर्टम रिपोर्टपछि नै पत्तो लाग्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा