कोलकाता, 18 जुलाई (हि. स.)। भारतीय प्रबन्ध संस्थान-कलकत्ता (आईआईएम-सी) परिसरमा बाहिरकी महिलासित भएको कथित दुष्कर्म मामिलाको प्रारम्भिक जाँचमा यो कुरा स्पष्ट भएको छ कि संस्थानको सुरक्षा व्यवस्थामा कुनै पनि प्रकारको चूक भएको थिएऩ।
कोलकाता पुलिसका एक जना अधिकारी अनुसार शुरूमा लगाइएको आरोप, पीड़िता परिसरभित्र कुनै प्रकारको आवश्यक प्रवेश प्रक्रियालाई पूरा नगरी छात्र आवाससम्म पुगेकी थिई, जाँचमा निराधार साबित भएको छ।
हरिदेवपुर थानामा दर्ता बयान मुताविक पीड़िताले आरोप लगाएकी थिई, उ परिसरभित्र पसेपछि सोझै आरोपी छात्रको कोठासम्म पुगेकी थिई जहाँ उसित दुष्कर्म भयो। तर जाँचकर्ताहरूलाई आईआईएम-सी प्रबन्धनद्वारा प्रस्तुत दस्तावेजहरूबाट यो जानकारी प्राप्त भएको छ, आरोपी छात्र परमानन्द महावीर टोप्पन्नावर उपनाम परमानन्द जैन (26) जो संस्थाका द्वितीय वर्षका छात्र हुन्,- ले घटनाभन्दा एक दिनपूर्व पीड़िताको नियोजित भेटघाटको बारेमा ई-मेलको माध्यमबाट संस्थानलाई सूचित गरेका थिए। यो ई-मेल संस्थानको सुरक्षा प्रोटोकलको अंग हो।
हाल आरोपी पुलिस हिरासतमा छ र उसलाई शनिवार फेरि अदालतमा पेश गरिनेछ। तथापि यस मामिलाको जाँचमा केही जटिलताहरू आइलागेका छन् जसमा पीड़िता र उसको परिवारले जाँच प्रक्रियामा सहयोग नगर्नु प्रमुख रूपमा रहेको छ।
पुलिसले बतायो, पीड़िताले बारम्बार अनुरोध गर्दा पनि अनिवार्य चिकित्सकीय जाँच गराउनदेखि अस्वीकार गरी। यस अतिरिक्त पीड़िता यस सप्ताह अदालतमा पनि उपस्थित भइन जहाँ न्यायिक म्याजिस्ट्रेट समक्ष उसको गोपनीय बयान दर्ता गराउनु थियो। यतिमात्र नभएर उसले घटना घटेको साँझ लगाएको आफ्नो कपड़ा पनि पुलिसलाई दिएकी छैन।
मामिलालाई अझ जटिल बनाउने कुरा यो पनि हो, पीड़िता र उसका पिताको बयानमा विरोधाभास पाइएको छ। एकातिर पीड़िताले दुष्कर्मको सिकायत गरेकी छे भने अर्कोतिर पिता शुरूबाटै यस कुरामाथि अडिग छन् कि उनकी छोरीसित केही पनि गलत भएको छैन।
----------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा