सुकमामा सुरक्षा बलहरूको संयुक्त टीमले नाबालिक सहित पाँचजना नक्सलीहरूलाई गरे पक्राउ
सुकमामा सुरक्षा बलहरूको संयुक्त टीमले नाबालिक सहित पाँचजना नक्सलीहरूलाई गरे पक्राउ


सुकमा, 18 जुलाई (हि.स.)। छत्तीसगढ़को नक्सल प्रभावित जिल्ला सुकमाको चिंतलनार थाना क्षेत्रान्तर्गत सक्रिय जगरगुण्डा, पामेड़ एरिया कमिटीका नाबालिक बालक सहित पाँच जना नक्सलीहरूलाई पुलिसले गत बुधवार अबेर साँझ पक्राउ गऱ्यो। पक्रा पर्ने नक्सलीहरूबाट विस्फोटक पनि जफत गरियो। एसपी किरण चव्हाणले शुक्रवार बताए, नक्सल उन्मूलन अभियान अन्तर्गत सुराकीहरूको सूचनाको आधारमा गत बुधवार सुरक्षा बलहरूद्वारा गरिएको एक संयुक्त कारबाहीमा चिंतलनार थाना अन्तर्गत ग्राम पेद्दाबोड़केलको जंगलबाट एक जना नाबालिक सहित पाँच जना नक्सलीहरूलाई पक्राउ गरियो।

उपरोक्त सबै नक्सलीहरू पुलिसको गस्ती दलमाथि गोली दागेको घटनामा सामेल रहिसकेका छन्। नक्सली विरोधी घटनाको सम्बन्धमा थाना चिंतलनारमा पहिलाबाटै संगीन मामिला दर्ता रहेको छ। पक्रा पर्ने नक्सलीहरूसित जाँचबुझ गर्दा यिनीहरूले आफ्नो नाम ताती सोना (35 वर्ष), निवासी गोमगुड़ा थाना पामेड़ जिल्ला बिजापुर, मड़कम हिड़मा (20 वर्ष), निवासी गोमगुड़ा थाना बिजापुर, मड़कम सुक्का (30 वर्ष), निवासी ग्राम जब्बागट्टा पटेलपारा थाना चिंतलनार जिल्ला सुकमा, जोगेन्दर यादव (50 वर्ष) ग्राम तिम्मापुरम राउतपारा थाना चिंतलनार जिल्ला सुकमा बताएका छन्। आरोपीहरूले बताएको ठाउँबाट विस्फोटक पदार्थ एक जिलेटिन रड 20 नग, डेटोनेटर 08 नग, नन डेटोनेटर 10 नग एवं कोर्डेक्स वायर लगभग 3 मीटर जफत गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande