पुरुलिया, 18 जुलाई (हि. स.)। झारखण्ड संलग्न पश्चिम बंगालको झालदा-2 ब्लक अधिनस्थ केही गाउँहरू समस्याग्रस्त भएका छन्। चितमु, गुड़िडी, ताहेरबेरा र कांशिडी जस्ता गाउँका मानिसहरूको लागि मुख्य सम्पर्क मार्गको अवस्था अत्यन्त सोचनीय भएको छ। वास्तवमा एउटा ठूलो तलाउको माटो काटेर सड़कमा फालिएको कारणले बर्खाको पानीले सड़क दलदलमा परिणत भएको छ।
ग्रामीणहरूको भनाइ छ, यो सड़क उनीहरूको लागि अत्यन्त महत्वपूर्ण छ। किसानहरूले यसै मार्ग भएर झारखण्डको मेनाजोड़ र बोकारोसम्म कृषि उत्पादहरू लिएर जान्थे। साथै गु़ड़िडीका मानिसहरू पुंदाग र कोटशिला पनि यसै मार्ग भएर पुग्थे। तर अहिले 400 मीटर सड़कको अवस्था दयनीय भएको कारणले उनीहरूलाई विभिन्न समस्याहरूको सम्मुखिन हुन परिरहेको छ।
गुड़िडीका निवासी शुभजीत गराई औ हृषिकेश गराईको भनाइ छ, “तलाउको माटोलाई अवैध रूपमा तलाउमा फालियो जसले गर्दा हामीलाई कोटशिला जानको लागि 7 किलोमीटर अनि पुंगाद स्टेशनको लागि 17 किलोमीटर लामो बाटो घुम्नु परिरहेको छ।
ग्रामीणीहरूको आरोप छ, पछिल्लो मार्च-अप्रेल महिनामा चितुममा एउटा ठूलो बाँधको मरम्मत गरिएको थियो। त्यहाँबाट निक्लिएको माटोलाई नजिकैको पक्का सड़कमा फालिएको थियो। अब वर्षाको पानीले माटो दलदल भएको छ फलस्वरूप सड़कको अवस्था यस्तो भएको छ जहाँबाट गुज्रिन लगभग असम्भव नै बएको छ। पैदल हिँड़दा पनि घुँड़ा-घुँड़ासम्म हिलो लाग्छ। वाहन हाँक्नु त झनै असम्भव भएको छ।
यस मुद्दालाई लिएर ग्रामीणहरूले धेरैपटक प्रशासन र जनप्रतिनिधिहरू समक्ष सिकायत गरे, तर अहिलेसम्म कुनै ठोस कारबाही भएको छैन। जिल्ला परिषदको लोक निर्माण विभागका कार्याध्यक्ष हंसेश्वर महतोले भने, समस्याको जानकारी प्राप्त भएको छ। साँच्चै नै मानिसहरू कठिनाईमा छन्। यसको समाधान गरिनेछ। हामीले हेरिरहेका छौं।
ग्रामीणहरूको माग छ, सड़कको तत्काल मरम्मत गरियोस् वा वैकल्पिक व्यवस्था गरियोस् ताकि उनीहरूको दैनिक आवागमन विशेष खेत र स्टेशनसम्म पुग्नमा समस्या नहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा