-राखियो फिका चियाको पसलपूर्वी चम्पारण, 18 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी मोतिहारी आइपुग्नअघि पूर्वी एवं पश्चिम चम्पारण युवा कंग्रेसको सौजन्यमा टाँसिएका पोस्टरहरू अनि ठाउँ-ठाउँमा खोलिएका फिका चियाका पसलहरूले राजनीतिक पारालाई माथि पुऱ्याइदिएको छ।
वास्तवमा यूथ कंग्रेसद्वारा पूर्वी चम्पारण जिल्लाका मोतिहारी र चकिया अनि पश्चिम चम्पारणको चनपटियास्थित बन्द चीनी मिललाई लिएर पोस्टरहरू टाँसिएको थियो। यी पोस्टरहरू सोशल मीडियामा द्रूत गतिमा भाइरल भइरहेका छन् जसपश्चात राजनीतिक वातावरण पनि तातिेको छ।
यूथ कंग्रेसका नेताहरूले बताए, हामीले यो प्रतीकात्मक विरोध यसकारणले गरिरहेका छौं, किनभने 2014-सालमा मोदीजीले चम्पारण आएका बेला भनेका थिए, चम्पारण चीनीको प्याला हो, तर यहाँको सोचनीय स्थितिको बयान यहाँका बन्द चीनी मिलहरूले गरिरहेका छन्।
उनले त्यसताक यो पनि भनेका थिए, यहाँका चीनी मिलहरूलाई खोलाउनेछन् र यहाँ निर्मित चीनीको चिया पिएर जानेछन्। त्यसैले हामीले फिका चियाको पसल र पोस्टर टाँसेर उनले गरेका वाचाहरूलाई स्मरण गराइरहेका छौं।
युवा कंग्रेसद्वारा टाँसिएका पोस्टरमा लेखिएको छ, का मोदी जी? अबकी बार मोतिहारी और चनपटिया के चीनी मिल के चीनी के चाय पीके जायेम नु? चाय वाले आ रहे हैं, पूछ लीजिएगा। मेरा झूठ सबसे मज़बूत। फीकी चाय की दुकान। अर्थात के छ मोदीजी? यसपालि मोतिहारी र चनपटियाको चीनी मिलको चीनीको चिया पिएर जानुहुनेछ? चियावाला आइरहेका छन्, सोध्नु होला। मेरो झुट सबैभन्दा शक्तिशाली, फिका चियाको पसल।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा