सिलिकन भ्यालीमा 42 वटा कम्पनीहरूको आगमन, मन्त्री बाबुल सुप्रियोले दाबी गरे- बंगाल अब टेक्नोलजीको गतिमा
सिलिकन भ्यालीमा 42 वटा कम्पनीहरूको आगमन, मन्त्री बाबुल सुप्रियोले दाबी गरे- बंगाल अब टेक्नोलजीको गतिमा


कोलकाता, 18 जुलाई (हि.स.)। पश्चिम बंगालका आईटी मन्त्री बाबुल सुप्रियोले बताए, पश्चिम बंगालको आईटी सेक्टर अब द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ। वर्ष 2011-मा आईटीबाट मात्र 4 हजार 5 सय करोड़ रुपियाँको निर्यात हुन्थ्यो भने अब 2025-मा यो बढ़ेर लगभग 35 हजार करोड़ रुपिया पुगेको छ।

न्यू टाउनमा स्थापित बंगाल सिलिकन भ्याली नामक टेक्नोलजी हब 250 एकड़मा फैलिएको छ। यहाँको सबै जमीनलाई कम्पनीको नाममा दिइएको छ। अहिलेसम्ममा 42 वटा कम्पनीहरू यसमा सामेल भइसकेका छन् जसमध्ये 19 वटाले काम शुरू गरिसकेका छन् भने 3 वटा पूर्ण रूपमा संचालनमा आइसकेका छन्।

बाबुल सुप्रियोले बताए, टाटा कन्सल्टेन्सी सर्भिसेजले पहिलाबाटै यहाँ ठूलो कार्यालय संचालन गरिरहेको छ जसमा 50 हजार मानिसहरूले काम गरिरहेका छन्। केही दिनपूर्व कम्पनीका अधिकारीहरूले मुख्यमन्त्री ममता ब्यनर्जीसित भेट गरी बंगालमा थप निवेश गर्ने योजनामाथि बातचित गरेका थिए।

राज्य सरकारले अब सेमीकण्डक्टर र ग्लोबल क्यापेबिलिटी सेन्टर (जीसीसी) जस्ता नयाँ तकनिकी क्षेत्रहरूमा पनि काम गरिरहेको छ। यसको लागि नयाँ नीति तयार गरिँदैछ।

बाबुल सुप्रियोले यो पनि भने, बंगालबाट मानिसहरू अन्य राज्य एवं देशहरूमा काम गर्न जान्छन्, तर अब सरकारले कोलकातालाई एउटा ठूलो आईटी हब बनाउने योजनामाथि काम गरिरहेको छ ताकि यहाँका मानिसहरूले यहीँ बसेर राम्रो अवसर पाउन सकुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande