खरसाङ, 18 जुलाई (हि. स.)। सेवक पुलिसले प्रतिबन्धित ट्याबलेट सहित पक्रा पर्ने आरोपीलाई तीन दिनको पुलिस रिमाण्डा लिएको छ। आरोपीलाई पुलिसले प्रतिबन्धित ट्याबलेट बेचेको आरोपमा पक्राउ गरेको थियो।
सूत्र अनुसार गए बिहीवार राती सेवक पुलिसले पारिजात नगरस्थित एउटा पसलमा छापा मारेर 01 हजार 6 सय प्रतिबन्धित नाइट्राजेपाम ट्याबलेट जफ्त गरेको थियो। पुलिसले एक लाख रुपियाँ नगद पनि जफ्त गरेको थियो। यस मामिलामा पुलिसले पसलबाट हरेन्द्र बोहरा र पोफमा बोहरा नामक दुईजना आरोपीहरूलाई पक्राउ गरेको थियो।
खरसाङका संयुक्त बीडीओको उपस्थितिमा खोजी एवं पक्राउको सम्पूर्ण प्रक्रियाको भीडियोग्राफी गरियो। यस सिलसिलामा खरसाङ थानामा सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको छ। दुवै आरोपीलाई शुक्रवार दार्जीलिङको विशेष एनडीपीएस अदालतमा पेश गरियो जहाँबाट आरोपी महेन्द्र बोहरालाई तीन दिनको पुलिस हिरासतमा राख्ने निर्देश दियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा