मोरीगाउँ, 18 जुलाई (हि.स.)। मोरीगाउँ जिल्लाको जागीरोड पुलिसको गुप्त सूचनाको आधारमा अभियान चलाएर भारी मात्रामा हेरोइन समेत दुई तस्करलाई पक्राउ गरेको छ।
पुलिसले शुक्रवार बतायो, थाना क्षेत्रमा चलाइएको अभियानमा पाँच साबुनदानीमा लुकाएर राखिएको 59 ग्राम हेरोइन समेत दुई तस्करलाई पक्राउ गरिएको छ। पक्रा परेका तस्करहरूको पहिचान होजाईको हाथीखली निवासी अजीजुर रहमान र नगाउँको मकसिदूल ममिनको रूपमा गरिएको छ।
पक्रा परेका दुवै आरोपीले हेरोइनलाई नगाउँदेखि गुवाहाटीतिर लगिरहेका थिए। सोही अवधि राष्ट्र राजमार्ग 27 मा चलाइएको अभियानमा दुवैलाई पक्राउ गरियो। दुवै तस्करले धेरै नै कुशल तरीकाले हेरोइनलाई (एएस-23क्यू-1763) को दैलोमा लुकाएर तस्करी गरिरहेका थिए। जफत गरिएको हेरोइनको दर लगभग 12 लाख रूपियाँ मापिएको छ। पुलिसले यस सम्बन्धमा एनडीपीएस एक्ट अन्तर्गत एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी