हावड़ा, 18 जुलाई (हि.स.)। हावड़ा सिटी पुलिसको साइबर क्राइम थानालाई दुईवटा मामिलाहरूमा महत्वपूर्ण सफलता हात लागेको छ। गए बिहिवार राति हावड़ा सिटी पुलिसले यस सम्बन्धमा सोशल मीडियाको माध्यमबाट जानकारी साझा गऱ्यो।
पुलिसद्वारा बताइयो, एउटा मामिला डिजीटल पक्राउसित सम्बन्धित थियो भने अर्को मामिला निवेश धोकाधड़ीसित सम्बन्धित। हालैमा साइबर क्राइम थानाको एक टीमले दिल्ली र उत्तर प्रदेशको कानपुरमा छापा मारेर यी धोकाधड़ीको मामिलामा सामेल दुईजना आरोपीहरूलाई पक्राउ गऱ्यो।
पुलिसले आरोपीहरूबाट धोकाधड़ीमा प्रयोग गरिेको मोबाइल फोन र सिम कार्डलाई पनि जफ्त गरेको छ। हाल दुवै आरोपी पुलिस हिरासतमा छन् भने यिनीहरूसित गहन जाँचबुझ भइरहेको छ। साथै यो पनि जाँच गरिँदैछ, यी अपराधहरूमा को-को सामेल छन्। हावड़ा सिटी पुलिसको भनाइ छ, उनीहरू यस मामिलाको सतहसम्म पुगेर आरोपीहरूको सम्पूर्ण नेटवर्कको बारेमा पत्तो लगाउनका लागि प्रतिबद्ध छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा