- वर्तमान परिस्थितिलाई नियाल्दा छैटौं अनुसूची नै हुनु पर्ने नितान्त आवश्यक देखिन्छ: निमा लामा
खरसाङ, 18 जुलाई (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीको सांङ्ठनिक सभा गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न भएको छ। खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भएको सभालाई सचिव युद्ध छेत्रीले सञ्चालन गरेका थिए। सभामा पाँचवटा समष्टिका प्रतिनिधिवर्ग अध्यक्ष-सचिव लगायत सम्पूर्ण भातृ संगठनका प्रतिनिधिवर्ग उपस्थित रहेका थिए।
सभामा गोरामुमो अध्यक्ष मन घिसिङको दिशा निर्देशनमा समष्टिको सांङ्ठनिक विस्तारलाई लिएर छलफल गर्दै सांङ्ठनिक गतिविधिहरुलाई अघि बढाउने निर्देशन दिइएको छ। अब पार्टीले वृहत रुपमा कार्यक्रमहरु गर्ने, घर दैलो अभियान गरी गोर्खाहरुको समस्याको समाधान नजिक रहेको साथै २००७ जस्तो अब दोहोरिनु नदिन जनतालाई जागरुक गराउने बताइएको छ।
निमा लामाले आगमी दिनहरुमा वृहत रुपमा प्रतिनिधि सभाको आयोजना गर्ने बताउॅंदै जनतालाई निर्धक्क भएर बस्न आह्वान गरे। पार्टी अध्यक्ष मन घिसिङले गोर्खा जातिको निम्ति निरन्तर कार्य गरिरहेको उनले बताए। वर्ष २००७ मा पहाडका नेताहरू र बुद्धिजीविहरुबाट जुन गल्ती भयो, अहिले आएर त्यहीँ नेता अनि बुद्धिजीविले छैटौं अनुसूची सही थियो भन्ने कुराहरू मिडियामा भनिरहेको उनले बताए।
पहाडमा जमीन विषय लिएर विभिन्न किसिमको राजनीति चलिरहेका छन् छ भन्दै उनले वर्तमान परिस्थितिलाई नियाल्दा छैटौं अनुसूची नै हुनु पर्ने नितान्त आवश्यक रहेको बताए।
हिन्दुस्थान समाचार / हनोक