मणिपुरमा उग्रवादी नेटवर्क ध्वस्तः दुई पक्राउ
मणिपुरमा उग्रवादी नेटवर्क ध्वस्तः दुई पक्राउ


इम्फाल, 18 जुलाई (हि.स.)। उग्रवादी बलजफ्ती असुली जस्ता गतिविधिहरूविरूद्ध निर्णायक कारबाही गर्दै मणिपुरमा सुरक्षा बलहरूले पछिल्लो 24 घण्टाभित्रमा संचालित दुई भिन्न अभियानहरूमा दुईजना उग्रवादीहरूलाई पक्राउ गरे।

पहिलो सफलता त्यसबेला प्राप्त भयो जतिबेला थोकचोम योइहेनबा सिंह, उपनाम वांगबा/लायनलाई बिष्णुपुर जिल्लाको थिंनुगेई ममांग पाटनबाट पक्राउ गरियो। प्रतिबन्धित पिपुल्स रिभोल्युशनरी पार्टी अफ कांगलिपाक (प्रीपाक)-का 21 वर्षीय क्याडर सिंहले काकचिंग खुनौमा एक महिनाको बुनियादी सैन्य प्रशिक्षण लिएका थिए।

जाँचकर्ताहरू अनुसार सिंहले बिष्णुपुर र इम्फालमा औषधि पसल, स्कूल, सरकारी संस्था एवं पेशावरहरूलाई लक्षित गरेर एक आक्रमक बलजफ्ती असुली अभियान संचालनगरेका थिए। पुलिसले खुलासा गऱ्यो, उसले पहिला नै एक लाख रुपियाँको बलजफ्ती असुली गरिसकेको थियो जसलाई उसले संगठनका नेतृत्वको हातमा सुम्पिएको थियो। उबाट दुईवटा सिम कार्ड भएको एउटा मोबाइल फोन जफ्त गरिएको छ।

यसको केही घण्टाअघि इम्फाल पूर्व पुलिसले 26 वर्षीय सोरोखाइबाम पारी सिंह उपनाम इबुंगोलाई कोइरेंगेई अवांग पोतशांगबाम रोडमा केइकोल पुलिस चौकी नजिकबाट पक्राउ गऱ्यो जो मणिपुर राष्ट्रिय क्रान्तिकारी मोर्चा (एनआरएफएम) संगठनसित जोड़िएका छन्।

इम्फाल पश्चिमको सेनजाम चिरांग मयाई लिकाई निवासी इबुंगो पैसाको लागि मानिसहरूलाई अपहरण गर्ने, हतियार पुऱ्याुने तथा उपत्याकामा संगठनका कार्यकर्ताहरूलाई आवागमन गराउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए। उबाट एउटा मोबाइल फोन र बटुवा जफ्त गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande