जलपाइगढ़ी, 18 जुलाई (हि.स.)। बेपत्ता बालिकाको शव जूट खेतको किनारमा भेटिएको छ। घटना मटियाली प्रखण्डको शालबाड़ी पैजम पाड़ा क्षेत्रको हो। बालिकाको नाम रेहाना परवीन हो। उ आठौं कक्षाको छात्रा थिई। उ बिहिवार दिउँसोदेखि बेपत्ता थिई।
प्राप्त जानकारी अनुसार, शुक्रवार बिहान स्थानीय मानिसहरूले उसको शव जूटको खेतको किनारमा लड़ेको देखे। खबर फैलिनसाथ क्षेत्रमा भारी भीड़ जमा भयो। तुरन्तै यसको सूचना मेटेली थानालाई दिइयो। मेटेली थानाबाट पुलिस घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जामा लियो।
पुलिसले बतायो, शवलाई पोस्टमार्टमको निम्ति जलपाइगढ़ी सदर अस्पताल पठाइनेछ। घटनापछि महकुमा पुलिस अधिकारी रोशन प्रदीप देशमुख क्षेत्रमा पुगे। क्षेत्रका निवासीहरूलाई बालिकाको हत्या गरिएको हो भन्ने आशंका छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी